काठमाडौं २६, बैशाख
प्रदेश न ५ अन्तर्गत नेपालगन्जमा १६ वर्षको युवकमा भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा शुक्रबार कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिएका छ्न।
अहिलेसम्म नेपालगन्जमा मात्रै २४ जनामा कोरोना संक्रमण भएको पनि डा.अधिकारीले बताए। यो संगै नेपालमा कोरोना सन्क्रमितको संख्या १०२ पुगेको छ भने ३० जना सन्क्रमित निको भएर घर फर्की सकेका छ्न।