आज मिति : २०८२ पुष ९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियमन गर्न सचेतनामूलक अभियान गर्दै नेपालगञ्ज उपमहानगरपालिका

Nam Raj Bhatta by Nam Raj Bhatta
April 17, 2024
in News
A A
0
धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियमन गर्न सचेतनामूलक अभियान गर्दै नेपालगञ्ज उपमहानगरपालिका
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बाँके, ०४ बैशाख २०८१

नेपालगञ्ज उपमहानगरपालिकाले नयाँ बर्ष २०८१ को प्रारम्भ सङ्गै धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका साथ अगाडि बढाएको छ ।

उपमहानगरपालिकाले पहिलो चरणमा सचेतना प्रवर्द्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी अगाडि बढेको हो। धूम्रपान तथा सुर्तीजन्य पदार्थको कानुनसम्मत बिक्री वितरण, सार्वजनिक ठाउँहरूमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवन दर घटाउने उद्देश्यका साथ अभियान थालिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

धूम्रपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई जनमानसमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउने नगर प्रमुख विष्टको भनाई रहेको छ ।

उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सचेतना अभियानसँगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति लिएको बताए ।

चन्दले सार्वजनिक ठाउँ, निकाय र पसलहरूमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइएमा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ बमोजिम कारबाही गरिने स्पष्ट पारे ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज बिहान प्रभातफेरी गरेर अभियानको औपचारिक थालनी गरेको छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामूलक प्रभातफेरी गरिएको हो ।

भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोकमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको उपस्थिति रहेको थियो ।

आयोजित कार्यक्रमलाई नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख कार्कीले सम्बोधन गर्दै धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आम नगरबासीको साथ आवश्यक रहेको बताए । स्वस्थ र सुसंस्कृत समाज निर्माणका लागि प्रत्येक नागरिकले स्वतःस्फूर्त धूम्रपान र सुर्तीजन्य पदार्थ त्याग्ने प्रतिज्ञा गर्नुपर्नेमा उनीहरूको जोड रहेको छ ।

Tags: #government of NepalNepalganj bake
Nisarga hospital Dhangadhi
Previous Post

मणिपाल शिक्षण अस्पतालमा केयरगिभर सम्बन्धि तीन महिने तालिम सुरू 

Next Post

सुशान्त मुरारका डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा

Related articles

चिकित्सक संघको उपाध्यक्षमा डा. अरुण शाहीको उम्मेदवारी यथावत रहने आदेश
News

चिकित्सक संघको उपाध्यक्षमा डा. अरुण शाहीको उम्मेदवारी यथावत रहने आदेश

11 hours ago
1.6k
मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

मेडिकल काउन्सिलको निर्वाचनमा ६ हजार आठसय मत खस्यो (कहाँ कति)

1 day ago
1.6k
माघको अन्तिम सातादेखि पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै
News

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै

1 day ago
1.6k
धादिङ अस्पतालको ४९औं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न
News

धादिङ अस्पतालको ४९औं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न

1 day ago
1.6k
थोक औषधि व्यवसायी संगठन नारायणगढको अध्यक्षमा पौडेल निर्वाचित
News

थोक औषधि व्यवसायी संगठन नारायणगढको अध्यक्षमा पौडेल निर्वाचित

2 days ago
1.6k
साढे १७ करोडको लगानीमा मध्यविन्दु नगरअस्पतालको भव्य उद्घाटन
News

साढे १७ करोडको लगानीमा मध्यविन्दु नगरअस्पतालको भव्य उद्घाटन

2 days ago
1.6k
Next Post
सुशान्त मुरारका डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा

सुशान्त मुरारका डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,350)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.