आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

चितवनमा नेपाल फर्मा एक्स्पोको राष्ट्रपतिबाट उद्घाटन

Nam Raj Bhatta by Nam Raj Bhatta
April 22, 2022
in News
A A
0
चितवनमा नेपाल फर्मा एक्स्पोको राष्ट्रपतिबाट उद्घाटन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, ९ बैशाख २०७९

चितवनमा औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत प्रदर्शनी नेपाल फर्मा एक्स्पो आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको छ।

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा एक्स्पो सुरु भएको हो। प्रदर्शनीको उद्घाटन क्रममा राष्ट्रपति भण्डारीले औसधि उत्पादनमा नेपालले ठुलो फड्को मारेको बताउनुभयो । धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने बताउनुभयो। औषधि उत्पादनका छेत्रमा लगानी बढाउनुपर्छ। बढ्दो प्रदुषणले स्वास्थ्यमा समस्या ल्याएको छ। अर्थतन्त्र संग औषधि उत्पादन क्षेत्र जोडिएको भन्दै राष्ट्रिय अर्थतन्त्रमै ठुलो सहयोग पुर्याउने बताउनुभयो । उहाँले औषधि उद्योग क्षेत्रमा विकास गरेर रोजगारीको समेत सिर्जना गर्नुपर्ने बताउनुभयो । राष्ट्रपतिले औषधिको आयातलाई रोकि अब निर्यात समेत हुनुपर्ने बताउनुभयो।

नेपाल औषधि उत्पादन संघका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले नेपालमा पनि औसधि उत्पादन हुन्छ र भन्ने अवस्थाबाट अहिले एक सय भन्दा बढी औषधि उधोग हरु संचालित रहेका बताउनुभयो । स्वागतका क्रममा उहाँले नेपाली औसधि उद्योगलाई प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने बताउनुभयो। उहाँले कुल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भएको बताउनुभयो ।

एपोनका पुर्व अध्यक्ष दिपक प्रसाद दाहालले औषधिमा आत्मनिर्भर हुन चाहेको बताउनुभयो । २०२७ सालबाट रेबिजको भ्याक्सिन बनाउन थालिएको हो। २०३६ सालमा औसधि बनाउन सुरु भयो र २०७२ सालबाट उधोगले औषधि उत्पादन गर्छन् । बाँकी ३२ कम्पनी बजारमा औषधि उत्पादन गर्ने क्रममा रहेका छन् । भारतले धेरै सस्तोमा औसधि बनाउँछ। सरकारी स्तरमा औसधि अनुसन्धान गर्ने गरेका छन् । भारतले २२ खर्बको औषधि निर्यात गर्छन् । औषधि उधोगमा सरकारले धेरै सहयोग गरेको छ। बङ्गलादेशमा पनि औषधिको क्षेत्रमा ठुलो उपलब्धि गरेको छ। बाङ्गलादेशले १२० देशमा निर्यात गरिरहेको छ। अहिलेसम्म औषधि सल्लाहकार समितिको बैठक बस्न सकेको छैन।

नेपालमा प्रतिस्पर्धा धेरै रहेको छ। अझैपनि ८० प्रतिशत आत्मनिर्भर हुन सकिन्छ। भारतले ८ प्रतिशत उत्पादन बढायो भने नेपाललाई निशुल्क दिन सक्छ। यो हाम्रो लागि गम्भीर बिषय हो।

अहिले नेपाली उधोगका सेनिटाइजर बिक्दैन, भारत बाट आएको मात्र बिक्रीवितरण भइरहेको छ। तीन वर्षमा औसधिमा आत्मनिर्भर हुन सक्छौ तर सरकारले सहुलियत दिनुपर्छ।

एपोनका निवर्तमान अध्यक्ष जि नारायण छेत्रीले नेपालमा पनि औषधि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । उहाँले औसधि आत्मनिर्भरको लागि धेरै लबिङ गरेको भएपनी सफल हुन नसकेको बताउनुभयो । कोरोना कालमा भारतले औषधि निर्यातमा विरोध गरेको भन्दै त्यो बेला पनि नेपालमा औषधि अभाव नभएको बताउनुभयो। नेपाली औषधि पनि अन्तराष्ट्रिय स्तरको रहेको बताउनुभयो।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औसधि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । डा. कार्कीले औषधि ब्यबस्थापन बिभागले औषधि क्षेत्रमा सहजताका लागी काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग ब्यबसाय क्षेत्रमा ठुलो घाटा ब्यहोरेको बताउनुभयो। औषधि उधोगमा पनि प्रगति हुँदै गएको उहाँको भनाइ छ। कोरोनाले उत्पादनमा बढाउनुपर्छ भन्ने कुरा सिकाएको छ। नेपालमा औषधिको बजार १८ देखि २० प्रतिशतले बढेको छ। औषधि ऐन २०३५ संसोधन गर्नुपर्ने उहाँको भनाइ छ। प्रदर्शनीलाई खरिद बिक्रीको लागि मात्र नभै नीति निर्माणमा पनि फलदायी हुने बताउनुभयो। उहाँले उधोगमैत्री नितिनियम सरकारले बनाउनुपर्ने बताउनुभयो।

फर्मा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिनुभयो । संयोजक बरालले एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुने जानकारी दिदै सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको बताउनुभयो ।

एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने छन् । उहाँले एक्स्पोले नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्ने बताउनुभयो ।

बरालले औषधी प्राबिधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने विश्वास लिएको बताउनुभयो ।

Tags: #ChitwanAPPONCorona Virus #Covid19Dr.Lochan karkiNepal medicine companyNepal Pharma Expo - 2022Nepal pharmaceutical AssociationPrajwaljang pandeySantos baral
Previous Post

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदै

Next Post

डा. शैलेश कुमार मिश्रको “चम्कय जेना चाँदनी” बोलको गीति सार्वजनिक

Related articles

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत
News

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

3 hours ago
1.6k
नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

2 days ago
1.7k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

4 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

4 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

4 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

4 days ago
1.6k
Next Post
डा. शैलेश कुमार मिश्रको “चम्कय जेना चाँदनी” बोलको गीति सार्वजनिक

डा. शैलेश कुमार मिश्रको “चम्कय जेना चाँदनी” बोलको गीति सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...