काठमाडौं, ५ माघ २०७८
नेपाल आखाँ अस्पतालको नयाँ शाखा काठमाडौं उपत्यका बाहिर अजिरकोट ३ भच्चेक गोरखामा पनि सञ्चालनमा आएको छ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, अजिरकोट गाउँपालिका तथा मुटु फाउन्डेशनको सहकार्यमा एक हप्ता अगाडि अजिरकोट आखाँ उपचार केन्द्रमा सेवा शुरु भएको अजिरकोट गाउँपालिकाका अध्यक्ष फनिन्द्र प्रसाद धितालले जानकारी दिनुभयो।
बिहान १० बजेदेखि साँझ ४ बजे सम्म खुला खुल्ने र आँखाको चेकजाँच निशुल्क, ७० वर्ष देखि माथिका बृद्दावृदीहरुको उपचार निशुल्क रहेको मुटु फाउन्डेशन नेपालका अध्यक्ष धन बहादुर गुरुङले बताए।
नेपाल आखाँ अस्पताल कार्य समिति बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेलले नेपाल आँखा अस्पतालका तिन ओटा शाखा काठमाडौं उपत्यकाका र चौथो शाखा अजिरकोट भच्चेक गोरखामा शुरु हुँदा जनताहरूलाई उपचार सेवा लिन सहज हुने बताए।
नेपाल आखाँ अस्पताल त्रिपुरेश्वरका शिविर संयोजक कल्याण ढुंगानाले गोरखाको उत्तरी भाग बारपाक लाप्राक र छिमेकी जिल्ला लमजुङ आसपासका जनताहरूलाई लाभान्वित हुने बताए।