काठमाडौं,२३ असोज २०७७
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ५९ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको हो।
केही दिन यता नेपालमा कोरोना संक्रमण र मृत्युदर बढेको हो। लामो समयपछि लकडाउन खुलेको र पीसीआर परीक्षण संख्या बढाएकाे लगायतका कारण संक्रमण दर बढेको हो।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमका अनुसार शुक्रबार १० जना कोरोना संक्रमितको ज्यान गएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ।