Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण २१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

Nam Raj Bhatta by Nam Raj Bhatta
March 22, 2023
in News
A A
0
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ८ चैत्र २०७९

नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्यान्सरको जोखिम धनी परिवारभन्दा गरिब परिवारमा बढी पाइएको छ ।

सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा काम गरिरहेको गैरसरकारी संस्था एक्सन नेपालले सन् २०१९ मा सो अध्ययन गरेको थियो । एक्सन नेपालका कार्यक्रम निर्देशक आनन्दबहादुर चन्दका अनुसार एक्सन नेपालले बीपी कोइराला मेमोरियल अस्पताल भरतपुरबाट ४९ जना, भक्तपुर क्यान्सर अस्पतालबाट २८ जना र नेपाल क्यान्सर अस्पताल हरिसिद्वीबाट २६ जना गरी कूल १ सय ३ जनालाई छनोट गरेर अध्ययन गरेको थियो ।

अध्ययनले कृषि पेसामा संलग्न ४२ दशमलव ४ प्रतिशत व्यक्तिलाई सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भएको देखाएको हो । यस्तै,व्यापारमा संलग्न २२ दशमलव ३ प्रतिशत, दैनिक ज्याला मजदुरीमा संलग्न ११ दशमलव ७ प्रतिशत, वैदेशिक रोजगारमा संलग्न ८ दशमलव ७ प्रतिशत र सरकारी सेवामा संलग्न ८ दशमलव ७ प्रतिशतलाई सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर भएको देखाएको हो । सो संख्या अध्ययनमा समेटिएकाहरुको प्रतिशतबाट निकालिएको हो ।

अध्ययन रिपोर्टमा उपचारमा प्रतिव्यक्ति झन्डै ९ लाख ८१ हजार ३ सय ७० रुपैयाँ खर्च हुने गरेको उल्लेख छ । सो अध्ययन सुर्तीजन्य पदार्थको सेवनका कारण ओठ, जिब्रो, गिजा, मुख, स्वयन्त्र, श्वासनली तथा पिसाब थैलीको क्यान्सर भएर तेस्रो र चौथो चरणमा उपचार गराइरहेका बिरामीमा गरिएको थियो ।

अध्ययनमा क्यान्सरको उपचारमा खर्च भएको ९ लाख ८१ हजार ३ सय ७० रुपैयाँमध्ये सबैभन्दा धेरै ६० प्रतिशत प्रत्यक्ष मेडिकल खर्चमा हुने गरेको देखाएको छ । यसबाहेक अन्य यातायात, खाना बास आदिमा पनि ठूलो रकम खर्च हुने गरेको देखिएको छ । उपचारका क्रममा सबैभन्दा बढी २८ प्रतिशत किमोथेरापीमा खर्च हुने र उपचारका लागि १६ प्रतिशतले घरजग्गा बेच्ने गरेका पाइएको छ । अध्ययन रिपोर्टले क्यान्सरका बिरामीमध्ये ६० प्रतिशतले आफन्तबाट ऋण लिएर उपचार गरेका पाइएको छ । उपचारका लागि क्यान्सरको बिरामी हुने व्यक्तिको वार्षिक २ लाख ७९ हजार ४ सय ८२ रुपैयाँ आम्दानी गुम्ने गरेको सो अध्ययनले देखाएको छ ।

एक्सन नेपालका कार्यक्रम निर्देशक चन्दले सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सरको जोखिम कम गर्न र आर्थिक भार कम गर्न सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने करको दायरा बढाउनुपर्ने बताए । त्यस्तै, क्यान्सरका बिरामीलाई सरकारले दिने १ लाख रुपैयाँ सहुलियत पर्याप्त नभएको उनको भनाइ छ ।

अध्यक्ष तथा अनुसन्धानकर्ता चन्दले भने, ‘सरकारले क्यान्सर उपचारका लागि जम्मा एक लाख रुपैयाँ दिने गरेको छ । जुन जम्मा प्रत्यक्ष मेडिकल खर्चकोको एक चौथाइ भन्दाम पनि कम हो । अर्कोतिर बीमा सुविधाले क्यान्सर उपचार समेट्ने गरेको पाइदैन । तसर्थ गरिब बिरामीलाई राहत पुग्नेगरी अनुदानको रकम बढाउनुपर्ने देखिन्छ।

Tags: Action NepalAnanda Bahadur ChandCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

Next Post

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

Related articles

लायन्स क्लव अफ काठमाडौंद्वारा डा. अधिकारी सहित १८ जना सम्मानित
News

लायन्स क्लव अफ काठमाडौंद्वारा डा. अधिकारी सहित १८ जना सम्मानित

14 hours ago
778
लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति तथा स्त्रीरोग सेवा थप प्रभावकारी बन्दै
News

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति तथा स्त्रीरोग सेवा थप प्रभावकारी बन्दै

15 hours ago
864
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा
News

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा

16 hours ago
857
चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा नयाँ रेकर्ड, ९१.८२ प्रतिशत पास

2 days ago
787
एपोनको अध्यक्षमा विप्लव अधिकारी र महासचिवमा सन्तोष बराल निर्वाचित
News

एपोनको अध्यक्षमा विप्लव अधिकारी र महासचिवमा सन्तोष बराल निर्वाचित

2 days ago
792
नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी निर्विरोध चयन
News

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी निर्विरोध चयन

2 days ago
794
Next Post
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,182)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.