नेपाल औषधि उत्पादक संघ द्वारा महानगरीय ट्राफिकलाई स्यानिटाइजर बितरण #Covid19

काठमाडौं बैशाख ३ ,२०७७

नेपाल औषधि उत्पादक संघले आज महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौ अन्तर्गत कार्यरत १५०० जना कर्मचारीहरुलाई पुग्ने गरि स्यानेटाइजर हस्तान्तरण गरिएको छ।

बितरण कार्यक्रममा नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपक प्रसाद दाहाल, उपाध्यक्ष सन्तोष बराल र महासचिव विप्लब अधिकारी द्वारा महानगरीय ट्राफिक प्रमुख भिम ढकाल लाई हस्तान्तरण गरिएको हो।दिन रात हाम्रो सुरक्षामा खटिएका सम्पुर्ण सुरक्षाकर्मीलाई यस समयमा सुरक्षित राख्नु हामी सबैको कर्तब्य हो भन्ने अभिप्रायले यो कार्यक्रम गरिएको हो।

उक्त स्यानेटाइजर एम डि एच फर्मास्यूटिकल्स , सिटिएल फर्मास्यूटिकल्स र रोडोडेन्ड्रेन फर्माले उपलब्ध गराउनु भएकोे थियो। नेपाली औषधि उत्पादकलाइ स्यानेटाइजर बनाउन औषधि ब्यबस्था बिभागले अनुमती दिए संगै झण्डै २० ओटा स्वदेशी उधोगले स्यानेटाइजर उत्पादन गरिरहेका छन। स्वदेशी उधोगहरुले निशुल्क रुपमा पनि विभिन्न निकायमा उपलब्ध गराइरहेका छन।


 

Next Post

Discussion about this post

ADVERTISEMENT