काठमाडौं,५ असोज २०७७
कोरोना महामारीको हालको परिस्थितिमा कोरोना संक्रमणमा परि देशका बिभिन्न भागमा रहेका अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार गराई रहनु भएका व्यक्तिहरुले आयुर्वेद जडिबुटी औषधि खान चाहनु भएको छ। तर बिबिध कारण देखाई उक्त जडिबुटी औषधिहरु खान नदिएको भन्ने गुनासो यस संघमा प्राप्त भएकोले विरामीले उपचार छनौट गर्न पाउने आधारभूत मानव अधिकार रक्षा गरि विरामीले चाहेको आयुर्वेद जडिबुटी औषधि आयुर्वेद चिकित्सकको रेखदेखमा खान पाउने व्यवस्था सुनिश्चित गरि उपचार पाउने संविधान प्रदत्त मौलिक हक र चाहेको उपचार लिन पाउने आधारभूत मानवअधिकारको रक्षा गर्न नेपाल सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हार्दिक अपिल गरेको आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञावलीले जानकारी दिनुभयो।
साथै संविधान मै उल्लेखित आयुर्वेद विधि बारे प्रयाप्त जानकारी तथा सूचना प्राप्त गर्ने मौलिक हकको समेत सम्मान गरि जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरका रेडियो, टेलिभिजन, पत्र पत्रिका, अनलाइन आदि मार्फत प्रयाप्त सहि सूचना जनता सामु पुर्याउने व्यवस्था मिलाउन समेत आग्रह गरेको पनि डाक्टर
ज्ञावलीले बताए।