काठमाडौ, ३० वैशाख २०७८
नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडियु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन हुने भएको छ ।
अस्पतालमा अक्सिजनसहितको एचडीयु सेवा र आइसोलेसन केन्द्र जेठ १ गतेबाट सञ्चालनमा ल्याइनेछ।
अस्पतालमा अक्सिजनसहितको एचडियु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले सहयोग गर्ने अस्पतालका निर्देशक डा. प्रदिप केसीले जानकारी दिनुभयो।
यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्य, जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशक डा. प्रदीप केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता पत्र अनुसार नरदेवी अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधन स्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडियु सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ र यसका लागि आवश्यक खर्च काठमाडौं महानगरले अनुदानका रूपमा उपलब्ध गराउने पनि डा. केसीले बताए।
Comments 1