Magnus pharma
आज: २०८३ बैशाख ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटीद्वारा सुरक्षा सामग्री र उपकरण हस्तान्तरण

HNN Staff by HNN Staff
July 5, 2020
in News
Reading Time: 3 mins read
A A
0
Handover program at Ministry premises

Handover program at Ministry premises

587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षा अभिबृद्धिको लागि विभिन्न अस्पतालहरूलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान नेपाल रेडक्रस सोसाइटीले असार १६ गते मंगलबार देखि सुरू गरेको छ ।

हस्तान्तरण गरिने सामग्रीहरूको कूल मूल्य १ करोड ५७ लाख सात ७ सय ७० रहेको छ ।

काठमाडौँको शुक्रराज ट्रपिकल अस्पताललगायत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरूमा उपकरणहरू र कार्यरत स्वास्थ्यकर्मीहरूको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू वितरण गरिने छ ।

नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा सञ्चालन गरिएको सामग्री बितरण अभियान असार १६ विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सुरूआत गरिएको हो । नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले पहिलो चरणको सामग्रीहरू माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभयो । प्राप्त मास्क, रबर बुट, स्यानिटाइजर, साबुनलगायतका व्यक्तिगत सुरक्षा सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।

PPEs handover to Nepal Medical Association at Bagbazar
PPEs handover to Nepal Medical Association at Bagbazar

दुई चरणमा हस्तान्तरण हुने सामग्रीहरूमा १५ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स १ हजार १ सय ५० थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ३०० वटा, बीस हजार जोडी पञ्जा, ४४० थान रबर बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड दुई हजार दुई सय लिटर र १५ हजार एक सय अठार थान साबुन रहेको नेपाल रेडक्रस स्वास्थ्य विभागका निर्देशक बिपुल न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै विभिन्न प्रदेशमा ७ थान भेन्टिलेटर मेशिन पनि उपलव्ध गराइने छ ।

सामग्री वितरण समारोहमा माननीय मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाँईमा सहयोग गर्न सामग्रीसहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोकाकोलालाई धन्यबाद दिँदै भन्नुभयो ः यो अफ्ठेरो परिस्थितिमा सबैको सहयोग चाहिन्छ र प्राप्त सबै सामग्रीहरूको एक एक हिसाब राखिने छ र उचित वितरण गरिने छ । सुरक्षा सामग्री नपुगेको स्थानमा नेपाल सरकारले तत्काल सामान पठाउने छ ।

सामग्री लिँदै शुक्रराज अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले योे सामग्रीले डाक्टर, नर्सलगायत अग्रपंतिmका स्वास्थ्यकर्मीको हौसला बढाएको बताउनुभयो । उहाँले भन्नुभयो- अस्पतालले संक्रमितहरूलाई स्वास्थ्य किट उपलव्ध गराउँदै आएको र उनीहरूको लागि पनि यी सामग्री उपयोगी हुनेछन् ।

यसका अलावा साझेदारीअन्तर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरू र स्वास्थ्य कर्मचारीहरू, २४७ एम्बुलेन्स चालकहरू पनि यो साझेदारीबाट लाभान्वित हुनेछन् ।

पहिलो चरणमा वितरण भएको सामग्री

Hospitals/Agencies N95 Mask(Pcs) Long tube rubber shoes with shoe cover (Pairs) Hand Sanitizer (100ml Bottle) Chlorine Disinfectant (1 jar=5lit) Soap (pcs)
Shukraraaj Tropical & Infectious Disease Hospital, Teku          350                    75           600            100            6,046
 Nepal Medical Association (NMA)          100                    25           300              50            2,016
N-95 Mask to Nepal Govt in support of Singapore Red Cross 3500 – – – –

“नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको संरक्षण गर्ने एउटा प्रयास हो ।” नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले बताउनुभयो । उहाँले भन्नुभयो ः रक्त सञ्चार, एम्बुलेन्स, अस्पताल आदिजस्ता अत्यावश्यक सेवाहरूको निरन्तरता सुनिश्चित गर्न अति आवश्यक सुरक्षा सामग्रीहरूको ठूलो महत्व छ ।

उपकरणहरूसँगै प्रयोग विधिहरू सम्बन्धित प्रशिक्षणहरू साथसाथै उपलव्ध गराइने छ । यस क्रममा बन्दाबन्दीको नियमको पालना र भौतिक दूरी कायम गरिने नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । आजै अपरान्ह नेपाल रेडक्रसले नेपाल मेडिकल एशोसियसनलाई एशोसियसनको कार्यालय बागबजारमा चिकित्सकहरूको लागि सुरक्षा सामग्री वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

Minister and Red Cross officials In front of Ministry premises
Minister and Red Cross officials In front of Ministry premises

मुलुक र नागरिकहरूलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपत्कालीन स्वयंसेवकहरूलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरू र विभिन्न स्वास्थ्य निकायहरूलाई आवश्यक स्वास्थ्य उपकरणहरू उपलव्ध गराउन नेपाल रेडक्रसलगायत हाम्रा साझेदारसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशी लागेको छ । दी कोकाकोला फाउण्डेशनका क्षेत्रीय व्यवस्थापक हरि शर्मा न्यौपानेले भन्नुभयो ।

यस्तै सिंगापुर रेडक्रसको तर्फबाट प्राप्त छुट्टै ३५०० थान एन नाइन्टीफाइभ माक्स पनि आजै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा नेपाल रेडक्रसका अध्यक्ष थापा, महामन्त्री हरिप्रसाद न्यौपाने, प्रारम्भ नेपाल र आनि छोइङ डोल्मा फाउण्डेशनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

स्मरणीय छ, तीव्र गतिले फैलिइरहेको कोभिड–१९ महामारीको परिस्थितिमा संक्रमण रोकथाम र नियन्त्रणमा नेपाल रेडक्रसले स्वास्थ्य, खानेपानी र सरसफाइ, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोगलगायत विभिन्न क्षेत्रमा सरकार, स्थानीय तह, स्थानीय समुदाय, रेडक्रसका विभिन्न अन्तर्राष्ट्रिय निकायहरू, दाता र साझेदारसँग मिलेर काम गरिरहेको छ । कोभिड प्रतिकार्यमा नेपाल रेडक्रसका देशभरीका सञ्जालहरू र यसका स्वयंसेवकहरू परिचालन भइरहेका सन्दर्भमा उनीहरूको पनि सुरक्षा र मनोबल बढाउन योे सहकार्यले थप टेवा दिनेछ ।

Tags: #Health and population ministryCocoCola FoundationRed Cross
SummarizeShare235ScanTweet147

Related articles

योग्यताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह

चिकित्सक संघले स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको गरे स्वागत

by Nam Raj Bhatta
April 18, 2026
0

नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयको स्वागत गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा चिकित्सक...

इरानमा अत्यावश्यक औषधिको अभाव #Iran

इरानमा अत्यावश्यक औषधिको अभाव #Iran

by Nam Raj Bhatta
April 16, 2026
0

इरानमा युद्धका कारण अत्यावश्यक औषधिको अभाव र मूल्यमा तीव्र वृद्धि भएको रिपोर्ट आएको छ, जसका कारण सर्वसाधारणलाई उपचार पाउन गाह्रो हुँदै गएको छ। रिपोर्टहरूका अनुसार, देशमा क्यान्सर र...

अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह

अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह

by Nam Raj Bhatta
April 16, 2026
0

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं शाखाले अस्पतालहरूले कार्यालय समयमा औषधि प्रतिनिधिलाई प्रवेश निषेध गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै समाधानका लागि सरोकारवाला पक्षसँग पहल गर्न आग्रह गरेको...

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला

by Nam Raj Bhatta
April 16, 2026
0

नेपाली औषधि उत्पादन क्षेत्रमा सक्रिय सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन सुरु गरेको छ। यसअघि सोपानले वैशाख २ गतेदेखि नै निष्कासन गर्ने तालिका भए पनि सरकारले...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    685 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    631 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    675 shares
    Share 301 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चिकित्सक संघले स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको गरे स्वागत
  • इरानमा अत्यावश्यक औषधिको अभाव #Iran
  • अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह
  • सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला
  • डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.