आज मिति : २०८२ कार्तिक २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटीद्वारा सुरक्षा सामग्री र उपकरण हस्तान्तरण

HNN Staff by HNN Staff
July 5, 2020
in News
A A
0
Handover program at Ministry premises

Handover program at Ministry premises

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षा अभिबृद्धिको लागि विभिन्न अस्पतालहरूलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान नेपाल रेडक्रस सोसाइटीले असार १६ गते मंगलबार देखि सुरू गरेको छ ।

हस्तान्तरण गरिने सामग्रीहरूको कूल मूल्य १ करोड ५७ लाख सात ७ सय ७० रहेको छ ।

काठमाडौँको शुक्रराज ट्रपिकल अस्पताललगायत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरूमा उपकरणहरू र कार्यरत स्वास्थ्यकर्मीहरूको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू वितरण गरिने छ ।

नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा सञ्चालन गरिएको सामग्री बितरण अभियान असार १६ विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सुरूआत गरिएको हो । नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले पहिलो चरणको सामग्रीहरू माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभयो । प्राप्त मास्क, रबर बुट, स्यानिटाइजर, साबुनलगायतका व्यक्तिगत सुरक्षा सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।

PPEs handover to Nepal Medical Association at Bagbazar
PPEs handover to Nepal Medical Association at Bagbazar

दुई चरणमा हस्तान्तरण हुने सामग्रीहरूमा १५ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स १ हजार १ सय ५० थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ३०० वटा, बीस हजार जोडी पञ्जा, ४४० थान रबर बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड दुई हजार दुई सय लिटर र १५ हजार एक सय अठार थान साबुन रहेको नेपाल रेडक्रस स्वास्थ्य विभागका निर्देशक बिपुल न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै विभिन्न प्रदेशमा ७ थान भेन्टिलेटर मेशिन पनि उपलव्ध गराइने छ ।

सामग्री वितरण समारोहमा माननीय मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाँईमा सहयोग गर्न सामग्रीसहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोकाकोलालाई धन्यबाद दिँदै भन्नुभयो ः यो अफ्ठेरो परिस्थितिमा सबैको सहयोग चाहिन्छ र प्राप्त सबै सामग्रीहरूको एक एक हिसाब राखिने छ र उचित वितरण गरिने छ । सुरक्षा सामग्री नपुगेको स्थानमा नेपाल सरकारले तत्काल सामान पठाउने छ ।

सामग्री लिँदै शुक्रराज अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले योे सामग्रीले डाक्टर, नर्सलगायत अग्रपंतिmका स्वास्थ्यकर्मीको हौसला बढाएको बताउनुभयो । उहाँले भन्नुभयो- अस्पतालले संक्रमितहरूलाई स्वास्थ्य किट उपलव्ध गराउँदै आएको र उनीहरूको लागि पनि यी सामग्री उपयोगी हुनेछन् ।

यसका अलावा साझेदारीअन्तर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरू र स्वास्थ्य कर्मचारीहरू, २४७ एम्बुलेन्स चालकहरू पनि यो साझेदारीबाट लाभान्वित हुनेछन् ।

पहिलो चरणमा वितरण भएको सामग्री

Hospitals/Agencies N95 Mask(Pcs) Long tube rubber shoes with shoe cover (Pairs) Hand Sanitizer (100ml Bottle) Chlorine Disinfectant (1 jar=5lit) Soap (pcs)
Shukraraaj Tropical & Infectious Disease Hospital, Teku          350                    75           600            100            6,046
 Nepal Medical Association (NMA)          100                    25           300              50            2,016
N-95 Mask to Nepal Govt in support of Singapore Red Cross 3500 – – – –

“नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको संरक्षण गर्ने एउटा प्रयास हो ।” नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले बताउनुभयो । उहाँले भन्नुभयो ः रक्त सञ्चार, एम्बुलेन्स, अस्पताल आदिजस्ता अत्यावश्यक सेवाहरूको निरन्तरता सुनिश्चित गर्न अति आवश्यक सुरक्षा सामग्रीहरूको ठूलो महत्व छ ।

उपकरणहरूसँगै प्रयोग विधिहरू सम्बन्धित प्रशिक्षणहरू साथसाथै उपलव्ध गराइने छ । यस क्रममा बन्दाबन्दीको नियमको पालना र भौतिक दूरी कायम गरिने नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । आजै अपरान्ह नेपाल रेडक्रसले नेपाल मेडिकल एशोसियसनलाई एशोसियसनको कार्यालय बागबजारमा चिकित्सकहरूको लागि सुरक्षा सामग्री वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

Minister and Red Cross officials In front of Ministry premises
Minister and Red Cross officials In front of Ministry premises

मुलुक र नागरिकहरूलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपत्कालीन स्वयंसेवकहरूलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरू र विभिन्न स्वास्थ्य निकायहरूलाई आवश्यक स्वास्थ्य उपकरणहरू उपलव्ध गराउन नेपाल रेडक्रसलगायत हाम्रा साझेदारसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशी लागेको छ । दी कोकाकोला फाउण्डेशनका क्षेत्रीय व्यवस्थापक हरि शर्मा न्यौपानेले भन्नुभयो ।

यस्तै सिंगापुर रेडक्रसको तर्फबाट प्राप्त छुट्टै ३५०० थान एन नाइन्टीफाइभ माक्स पनि आजै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा नेपाल रेडक्रसका अध्यक्ष थापा, महामन्त्री हरिप्रसाद न्यौपाने, प्रारम्भ नेपाल र आनि छोइङ डोल्मा फाउण्डेशनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

स्मरणीय छ, तीव्र गतिले फैलिइरहेको कोभिड–१९ महामारीको परिस्थितिमा संक्रमण रोकथाम र नियन्त्रणमा नेपाल रेडक्रसले स्वास्थ्य, खानेपानी र सरसफाइ, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोगलगायत विभिन्न क्षेत्रमा सरकार, स्थानीय तह, स्थानीय समुदाय, रेडक्रसका विभिन्न अन्तर्राष्ट्रिय निकायहरू, दाता र साझेदारसँग मिलेर काम गरिरहेको छ । कोभिड प्रतिकार्यमा नेपाल रेडक्रसका देशभरीका सञ्जालहरू र यसका स्वयंसेवकहरू परिचालन भइरहेका सन्दर्भमा उनीहरूको पनि सुरक्षा र मनोबल बढाउन योे सहकार्यले थप टेवा दिनेछ ।

Tags: #Health and population ministryCocoCola FoundationRed Cross
Nisarga hospital Dhangadhi
Previous Post

ढलमा कोभिड-१९ को जिवाणु भेटिए , समुदायमा सङ्क्रमण भएको पुष्टि #Covid19

Next Post

डडेल्धुरा अस्पतालमा पिसिआर मेसिनको औपचारिक सुरुवात तथा सम्मान कार्यक्रम #Covid19

Related articles

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

2 days ago
791
रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए
News

रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए

4 days ago
806
सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस
News

सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस

4 days ago
812
बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा
News

बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा

5 days ago
792
प्रश्नपत्र बाहिरिएका उपप्रध्यापकलाई लोक सेवा मार्फत स्थायीमा सिफारिस गरी पुरस्कार
News

प्रश्नपत्र बाहिरिएका उपप्रध्यापकलाई लोक सेवा मार्फत स्थायीमा सिफारिस गरी पुरस्कार

6 days ago
1.1k
पिसिएल नर्सिङ काउन्सिलको परीक्षामा १७.४४ प्रतिशत उत्तीर्ण
News

पिसिएल नर्सिङ काउन्सिलको परीक्षामा १७.४४ प्रतिशत उत्तीर्ण

7 days ago
782
Next Post
डडेल्धुरा अस्पतालमा पिसिआर मेसिनको औपचारिक सुरुवात तथा सम्मान कार्यक्रम #Covid19

डडेल्धुरा अस्पतालमा पिसिआर मेसिनको औपचारिक सुरुवात तथा सम्मान कार्यक्रम #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,295)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...