• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

असार अन्तिम साता रेडक्रसको महाधिवेशन हुने: बाधा अड्काऊ परेमा फुकुवा गरिने

HNN Staff by HNN Staff
June 18, 2020
in News
A A
1
1 Bhojpur holding area

1 Bhojpur holding area

Share on FacebookShare on TwitterShare on LinkedIn
२०७७ जेठ ३० गतेदेखि ३२ गतेसम्म बोलाइएको नेपाल रेडक्रसको केन्द्रीय सभाको ४८ औँ महाधिवेशन बन्दाबन्दीको कारण हुन नसक्ने परिस्थिति परेकाले असारको अन्तिम सातालाई अर्को मिति तोकिएको छ ।
जेठ २७ गते बसेको नेरेसोको केन्द्रीय कार्यसमितिले असार २५ देखि २७ गतेसम्म केन्द्रीय सभाको ४८ औँ अधिवेशन काठमाण्डौँ उपत्यकाभित्र हुने गरीे अर्को मिति तोक्न अध्यक्ष संजीव थापबाट यस अघि गरिएको निर्णयलाई अनुमोदन गरेको हो । यस निर्णय संगै नेरेसोको विधानको दफा ६७ बमोजिम केन्द्रीय कार्यसमितिको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिले तीन महिना भित्र निर्वाचन हुने गरी एक भन्दा बढी पटक पनि मिति तोक्न सक्ने व्याख्या गरेको छ ।
साथै, यदि बन्दाबन्दीको कारण सभा सम्मेलन असारमा पनि खुला नभएमा र केन्द्रीय कार्यसमितिको बैधता कायम राख्न बाधा परेमा मौजुदा विधानको दफा ६८ बमोजिम बन्दाबन्दी फुकुवा भई सभा सम्मेलन गर्न खुला भएको मितिले ३० दिन भित्र निर्वाचन सहितको केकासको महाधिवेशन बर्तमान कार्यसमितिले नै सम्पन्न गर्ने गरी संस्थागत बाधा अड्काऊ फुकाउने निर्णय समेत गरेको छ ।
 यस सन्दर्भमा आगामी महाधिवेशन र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न कुनै कानुनी बाधा आएमा कानुनी उपचारमा जान पनि छलफल र निर्णय गरिएको छ ।

स्मरणीय छ, २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीमा आव्हान गरिएको ४८ औँ महाधिवेशनको सम्पूर्ण तयारी भै सकेको र निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आकस्मिक रूपमा वैशाख २२ मितिको जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनात्मक पत्र आइपुगी  संस्थाको महत्वपूर्ण महाधिवेशन र निर्वाचन स्थगित भएको  थियो । र, त्यस पश्चात विभिन्न कारणले महाधिवेशन र निर्वाचन हुन सकेको छैन ।

विद्युतीय बैठकलाई पनि आधिकारिक मानिने ः
बन्दाबन्दी अवस्था, भविश्यमा आइपर्नसक्ने विषम विपदको अवस्था र अन्य कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएर केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु बैठकको लागि स्वयं उपस्थित हुन नसक्ने अवस्थामा विद्युतीय सम्पर्क माध्यमबाट बैठक बस्न सकिने र त्यस्तो बैठकले गरेको निर्णय केकासको भौतिक उपस्थिति भएको बैठक सरह मान्य हुने निर्णय गरिएको छ ।
यसका साथै विद्युतीय निर्वाचनको संभावना अध्ययन गरी सुझाव दिन उपमहामन्त्री हरि प्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिलाई पनि क्रियाशिल बनाइएको छ । ”फाइदा पक्ष, अवसर र चुनौतिलाई हेरेर हामीले विद्युतीय निर्वाचनको बारेमा छिटै निर्णय गर्नेछौँ ।” उपमहामन्त्री हरिप्रसाद न्यौपानेले बताउनुभयो ।

कोभिड १९ को प्रतिकार्यमा अग्रपंतिमा
नेपाल रेडक्रसमार्फत कोभिड प्रतिकार्य गतिविधि देशैभरी सञ्चालन गरिएको छ । भारतलगायतका मुलुकबाट नेपाल फर्कने नेपालीहरुलाई लक्षित गरी नेपाल प्रवेशद्धारहरु, जिल्लाहरुका होल्डिङ  सेन्टरहरुमा नेरेसोका स्वयंसेवकहरुले सहयोग गरिरहेका छन् । त्यस्तै समुदायमा सेवा पुर्याइएको छ । सो अन्तरर्गत २ लाख ७१ हजार ९ सय मानिसलाई व्यक्तिगत शुरक्षा सामग्री वितरण, ६ सय २७ जनालाई मनोबैज्ञानिक सहयोग, २४२ एम्बुलेन्स सञ्चालन, ६ हजार ६ सय ५० जनालाई हातधुने कक्षा सञ्चालन भएका छन् ।

त्यस्तै क्वारेन्टाइन सहयोग अन्तरगत १३ हजार ३ सय १० कम्बल, एकहजार नौसय ६३ त्रिपाल र ३ सय ९३ टेन्ट, ३ हजार २ सय  झुल वितरण गरिएको छ । ८ सय ७० तन्ना र एकहजार सातसय चार गुन्द्री उपलव्ध गराइएको छ । साथै, लकडाउनले अफ्टेरो पारेका १७ हजार ९ सय मानिसहरुलाई खानाको व्यवस्था गरेको छ । निशुल्क कल सेन्टर ११३० सञ्चालनमा ल्याइएको छ र १२८ वटा सचेतनामूलक रेडियो कार्यक्रम बजाइएको छ ।  यसरी स्वास्थ्य तथा सेवा, आवास, पानी, सरसफाइ तथा स्वच्छता, जोखिमका बारेमा सञ्चार÷सामुदायिक संलग्नता तथा जवाफदेहिता, संरक्षण, लैंगिकता र समावेशीकरण क्षेत्रमा संस्थाले नेपाल सरकार र सरोकारवालासँग मिलेर कार्य गरिरहेको छ ।

This slideshow requires JavaScript.

(फोटो 1&2 ः भोजपुरको अरुण गाउपालिकामा स्थापित होल्डिङ एरिया । जिल्लामा प्रवेश गर्ने सवै मानिसहरुलाई लेगुवाघाटबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । ११५ जनालाई राख्न सकिने यो होल्डिङ एरिया बनाउन र सञ्चालन गर्न नेपाली सेना,नेपाल प्रहरी, प्रशासन, नेपाल रेडक्रस र स्थानीय पालिकाहरु मिलेर कार्य गरिरहेका छन् । १५ दिन अघि स्थापित यो होल्डिङ एरिया निर्माणको लागि नेपाल रेडक्रस सोसाईटी भोजपुर शाखाले १५० थान पाल, १०० थान कम्वलसंगै पानी व्यवस्थापनमा समेत सहयोग गरेको छ । यसैगरी यस सम्वन्धि व्यवस्थापन तथा रिपोर्ट तयार गर्न सचिवालयको जिम्मेवारी पनि नेरेसोले लिएको छ । अहिलेसम्म ७० जना यो सेन्टरमा बसिसकेका छन् । )  फोटो ः नेरेसो

This slideshow requires JavaScript.

Photo 3 & 4 : फोटो ३ र ४ ः नेरेसोका स्थानीय स्वयंसेवकहरु १५ दिने घरभेट अभियान अन्तरगत गोदावरी र चापागाउँ क्षेत्रका खेत र घर घरमा मानिसहरुलाई जोखिम सञ्चार गर्दै । कोभिड १९ बारे मानिसहरु को चासो र जिज्ञासा ती स्वयंसेवकहरुले सम्बोधन गर्दछन् । फोटो ः नेरेसो
Tags: Red Cross
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

आज संक्रमितको नयाँ रेकर्ड : ६७१ जनामा कोरोनाको पुष्टि #Covid19

Next Post

सुदुरपश्चिम प्रदेशमा ११ जना स्वास्थ्यकर्मी सहित संक्रमितको संख्या ६१७ पुग्यो #Covid19

Related articles

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits
News

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

35 mins ago
400
एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation
News

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

3 hours ago
439
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 
News

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

7 hours ago
435
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

23 hours ago
514
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus
News

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

2 days ago
418
Covishield-vaccine
News

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

2 days ago
839
Next Post
कुवेतबाट आएकी यूवतीमा कोरोना पोजेटिभ #Covid19

सुदुरपश्चिम प्रदेशमा ११ जना स्वास्थ्यकर्मी सहित संक्रमितको संख्या ६१७ पुग्यो #Covid19

Comments 1

  1. Pingback: स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटीद्वारा सुरक्षा सामग्री र उप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

mask

Six months of #coronavirus – 10 things we know so far! #Covid19

8 months ago
400
पटक-पटक स्थगित भएको फर्मासिस्ट लाइसेन्सको परीक्षा असोज १० गते देखि हुने

पटक-पटक स्थगित भएको फर्मासिस्ट लाइसेन्सको परीक्षा असोज १० गते देखि हुने

4 months ago
400
नेपालमा थप एक जनामा कोरोना संक्रमण  , अब संक्रमण हुनेको संख्या ३२ पुग्यो।

कोभिड १९ : नेपालभरी ४९ हजार ३३६ जनाको परीक्षण

9 months ago
400

Don't Miss

Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
839
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
530
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
785
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
813
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
778
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
550
Covishield-vaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
601
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
463
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (872)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In