काठमाडौं, ५ जेठ २०८०
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले संघीय अस्पतालमा कार्यरत कर्मचारीहरुको विवरण १५ दिन भित्र दिन बुझाउन निर्देशन दिएका छन् । शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री बस्नेतले यस्तो निर्देशन दिएका हुन् ।
उनले स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने स्पष्ट पारेका छन् । उनले दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरु स्वास्थ्य सेवा विभागले फिर्ता लिइ आवश्यक्ता अनुसार अरु अस्पतालहरुमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने पनि उल्लेख गर्नुभयो ।
उनले कतिपय अस्पतालले जथाभावी रुपमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको भन्दै अब खरिद गर्दा न्युनतम सेवा मापदण्डले औंल्याएअनुसारका उपकरणहरु मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था लागू गर्नेपनि बताए।