काठमाडौं ,७ जेठ
काठमाडौको मैतिदेवी बस्ने एक पुरुषमा कोरोना संक्रमण देखिएपछि मैतिदेवी चोक सिल गरिएको छ । स्थायी घर रामेछाप रहेका ती संक्रमित गत वैशाख ३० गते काठमाडौं आएको खुलेको छ ।
काठमाडौं महानगरपालिका ३० का वडाध्यक्ष दलबहादुर कार्कीका अनुसार गत वैशाख ३० गते रामेछाप गएर आएका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनले ती पुरुष र उनका भाइ मैतिदेवी बस्दै आएको पाइएपछि चोक सिल गरिएको बताए । अहिले मैतिदेबी चोक सुनसन बनेको छ।