आज मिति : २०८२ पुष ४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

मानसिक स्वास्थ्य सचेतना सम्बन्धि तीन महिने राष्ट्रिय अभियान सञ्चालन हुँदै

Nam Raj Bhatta by Nam Raj Bhatta
December 10, 2025
in News
A A
0
मानसिक स्वास्थ्य सचेतना सम्बन्धि तीन महिने राष्ट्रिय अभियान सञ्चालन हुँदै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २४ मंसिर २०८२

नेपाल सरकारले मानसिक स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले तीन महिने राष्ट्रिय मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने भएको छ।

मंगलबार आयोजित कार्यक्रममा अभियान बारे राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले बढ्दो मानसिक समस्याका कारण आत्महत्या नियन्त्रणमा आउन नसकेको बताईन् । डा. थपलियाले यस अभियानले बदलिएको मानसिक स्वास्थ्यका बारेमा सचेतना जगाउने जानकारी दिईन् ।

डा. थपलियाले अभियानको मुख्य उद्देश्य मानसिक स्वास्थ्यलाई लिएर विद्यमान भ्रम र संकुचन हटाउनु, समस्या खुलेर व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्नु तथा प्रारम्भिक चरणमै समस्या पहिचान र व्यवस्थापनमा सहयोग पुर्‍याउनु भएको बताईन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्मा गौतमले बुधबार अभियानको प्रारम्भ गरेपछि विद्यालय नर्स, स्थानीय स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू परिचालन गरी विद्यालयस्तरमै मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको बताइन।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका मनोचिकित्सक डा. केदार मरहट्ठाले मानसिक स्वास्थ्यको बारेमा प्रस्तुति दिदै त्यसबारेमा सचेतना बढाउनु पर्ने बताउनु भयो। डा. मरहट्ठाले मानसिक रुपमा स्वस्थ हुनु पर्दछ, त्यो भनेको दैनिक जीवनका समस्यालाई समाधान गर्न सक्ने क्षमता हुनु हो । त्यो हुन सकेन भने मानसिक समस्या हुन जान्छ । समाजमा अझै पनि मानसिक स्वास्थ्यलाई संकुचित रूपमा बुझिने गरेको कारणले समस्या न्युनिकरण हुन नसकेको उनले बताए ।

डा. मरहठ्ठाका अनुसार मानसिक स्वास्थ्य केवल स्वास्थ्य क्षेत्रको जिम्मेवारी मात्र होइन, यो शिक्षा, परिवार, समुदाय र अन्य सबै क्षेत्रसँग सम्बन्धित विषय हो। प्रत्येक १० जनामध्ये १ जनालाई कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिन्छ। साथै, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको सामान्य मानिसको तुलनामा १० देखि २० वर्ष अगावै मृत्यु हुने जोखिम उच्च हुने तथ्य रहेको छ।

कार्यक्रममा बोल्दै केन्द्रका जनस्वास्थ्य प्रशासक डा. उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्य सचेतनालाई समुदायस्तरसम्म विस्तार गर्न तीन महिने अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे। ढुंगानाका अनुसार अभियानका मुख्य लक्षित समूह किशोर–किशोरी तथा आम नागरिक रहनेछन्।

स्वस्थ मन, स्वस्थ जीवन’ नारासहित यो अभियान डिसेम्बर १० देखि मार्च १४ सम्म सञ्चालन हुने भएको हो।

कार्यक्रममा मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिलाई सहयोग पुर्‍याउन राष्ट्रिय आत्महत्या नियन्त्रण कार्यक्रम अन्तर्गत ११६६ हेल्पलाइन सेवा सञ्चालनमा रहेको जानकारी दिईयो।

Tags: #government of Nepal#Health and population ministryMental Health
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल रेडियोलोजिष्ट्स एसोसिएसनको ३१औँ स्थापना दिवसमा वृक्षारोपण कार्यक्रम

Next Post

सुदुर पश्चिममा हजारौं बिरामीको शल्यक्रिया गरेका डा. बम मेडिकल काउन्सिलको सदस्यमा भिड्दै

Related articles

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. भुवन पौडेल नियुक्त
News

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. भुवन पौडेल नियुक्त

4 hours ago
1.6k
चिकित्सक संघको निर्वाचन: यी हुन् डा.  मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
News

चिकित्सक संघको निर्वाचन: यी हुन् डा.  मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु

6 hours ago
1.6k
यी हुन डा. बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु #NMA
News

यी हुन डा. बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु #NMA

6 hours ago
1.6k
News

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता: सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप

3 days ago
1.6k
News

कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

3 days ago
1.6k
News

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

3 days ago
1.6k
Next Post
सुदुर पश्चिममा हजारौं बिरामीको शल्यक्रिया गरेका डा. बम मेडिकल काउन्सिलको सदस्यमा भिड्दै

सुदुर पश्चिममा हजारौं बिरामीको शल्यक्रिया गरेका डा. बम मेडिकल काउन्सिलको सदस्यमा भिड्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

    CATEGORIES

    • Articles (129)
    • Disease (106)
    • English (49)
    • Fitness (26)
    • Health (201)
    • Lifestyle (58)
    • News (3,340)
    • Nutrition (43)
    • Research & Study (66)
    • Weight Loss (25)

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

    • Preeti font to Nepali Unicode Converter
    • Advertise with us
    • Submit News
    • Contact
    • About
    • Terms
    • Privacy
    • Accessibility

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    No Result
    View All Result
    • Health
    • Nutrition
    • Disease
    • Articles
    • 🔥 डेंगु (Dengue Treatment)
    • लू – Heat Wave 🔥🥵🪭

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.