काठमाडौं, ३ असार २०७८
मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले प्रयोगशालमा कार्यरत लोकसेवा आयोगबाट पदपूर्ती भएका स्थाई कर्मचारीहरुलाई मात्र जोखिम भत्ता प्रदान गरिदै आएकोमा एउटै प्रकृतिको र समान जोखिम यूक्त वातावरणमा सेवामा खटिने करार अस्थाई तथा ज्यालादारी अन्तरगत रहेका कर्मचारीहरुलाई समेत “जनस्वास्थ्य ऐन २०७५” मा भएको व्यवस्था अनुसारनेपाल सरकारले तोके बमोजिमको जोखीम भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने भन्दै माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ्गज्यू समक्ष ध्यानाकर्षण गराएको छ ।
मूलुकका ठूला तथा साना अस्पतालमा स्थाई करार तथा ज्यालादारीमा रहेका प्रयोगशालाकर्मीद्धारा प्रयोगशाला संचालन भइरहेका छन् । मेलानले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री तामाङ्गले यस विषयमा छलफल गरी प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता जनाउनु भएको कुरा मेलानका बरिष्ठ उपाध्यक्ष देवराज गौतमले बताए ।