काठमाडौं, १८ चैत्र २०७९
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा ( ४३ विधामा लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र) को नतिजा प्रकाशित भएको छ ।
२५औं विशेष परीक्षामा सहभागी ४ सय २२ जना परीक्षार्थीमध्ये ३ सय जना (७१.४३) प्रतिशत उतीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
डा. अधिकारीका अनुसार १ जनाको नतिजा रोक्का भएको छ । यस अघि मंसिर ९ गते लिइएको विशेष परीक्षामा ७४.१६ प्रतिशत उतीर्ण भएका थिए ।