काठमाडौं, १५ माघ २०७९
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा आज सार्वजनीक भएको छ ।
काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तिर्ण भएका छन् ।
यही माघ १२ देखि १५ गतेसम्म सञ्चालन भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा दुई हजार ३११ परीक्षार्थीहरु सहभागी भएका थिए ।