नेपाल चिकित्सक संघको यसअघि रोकिएको निर्वाचनको नयाँ मिति आएको छ ।
चिकित्सक संघको कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले काठमाडौँ उपत्यका बाहिर बैशाख ४ र ५ गते तथा काठमाडौँ उपत्यका भित्र बैशाख १८ र १९ गते हुने गरी तय गरेको छ ।
यसअघि गत ११ बैशाखमा संघले संसोधित तालिका भन्दै नयाँ मिति सार्वजनिक गरेको थियो । तर त्यसलाई पनि संसोधन गर्दै आज नयाँ मिति तय गरेको हो ।
चिकित्सक संघको निर्वाचन दुई चोटि सारिएको छ। पहिलो निर्वाचन माघ २ र ३ उपत्यका बाहिर र माघ १०, ११ र १२ गते काठमाडौं उपत्यका भित्र निर्वाचन हुने तालिका रहेको थियो। त्यसपछि चैत्र २८ र २९ काठमाडौ उपत्यका बाहिर र २०८३ बैशाख १६, १७ र १८ गते राखिएको थियो।







