काठमाडौं, २३ माघ २०७९
नेपाल चिकित्सक संघको निर्वाचनमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता कायमै राखेका छन्। काठमाडौं उपत्यका बाहिरको मत गणनामा सकिँदा लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा. अनिल बिक्रम कार्कीले २०४९ मत पाएका छन्।
यस्तै प्रगतिशिल समूहका डा. सन्तोष पौडेलले १३५४ मत पाएका छन् भने स्वतन्त्र समूहका डा. शिवजी शिलवालले १४२ मत पाएका छन्।
यस्तैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा. सन्जिब तिवारीले १६४२ स्वतन्त्र समूहका डा. अमृत भुसालले ८९७ र प्रगतिशिल समूहकी रक्षा श्रेष्ठले ८८२ मत पाएकी छन्।
उपाध्यक्षतर्फ मधेस प्रदेशमा डा. निरज कुमार सिंहले १७६८, डा. अजय कुमार मिश्रले ६९७ र डा. महेश महासेठले ८९० मत प्राप्त गरेका छन्।
यस्तैगरी उपाध्यक्ष बागमती प्रदेशतर्फ डा. प्रकाश बुढाथोकीले १९२५ मत प्राप्त गरेका छन् भने डा. सञ्जय कुमार ठाकुरले १४०९ मत प्राप्त गरेका छन्।
गण्डकी प्रदेश उपाध्यक्षमा डा. विकास गौचनले १३२९ मत प्राप्त गर्दा डा. राजन शर्माले १९७८ मत पाएका छन्।
यस्तै सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा. निरज अर्यालले १३२८ मत प्राप्त गरेका छन् भने डा. प्रशान्त भट्टले १९४८ मत पाएका छन्। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।
सदस्यहरुले हालसम्म प्राप्त गरेको मतपरिणाम:
डा. अभियान गौतम १०४४
डा. अमित रञ्जन मिश्र १९१२
डा. चेतन बस्नेत ८१५
डा. किशोर खत्री १७६५
डा. मनोर दिन शैय्यद १११८
डा. मोहम्मद अनामुल हक ७३५
डा. पदम नेपाली दर्जी १५३३
डा. रमेश श्रेष्ठ ९८०
डा रामकृष्ण आचार्य ८७९
डा. स्मर्ति महत १४७७
डा. सृजना विष्ट १६८५
डा. सुरेन्द्र यादव ११४२
डा. तेज्सु सिंह मल्ल १७३७
डा. युभिन कुमार यादव १७०७