काठमाडौं, २२ माघ २०७९
नेपाल चिकित्सक संघको निर्वाचनमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता कायमै राखेका छन्। बाँके र चितवनको ७२७ मत गणनामा लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा. अनिल बिक्रम कार्कीले ४९९ मत पाएका छन्।
यस्तै प्रगतिशिल समूहका डा. सन्तोष पौडेलले १८५ मत पाएका छन् भने स्वतन्त्र समूहका डा. शिवजी शिलवालले २५ मत पाएका छन्।
यस्तैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा. सन्जिब तिवारीले ३५६, स्वतन्त्र समूहका डा. अमृत भुसालले १६९ र प्रगतिशिल समूहकी रक्षा श्रेष्ठले १६२ मत पाएकी छन्।
उपाध्यक्षतर्फ मधेस प्रदेशमा डा. निरज कुमार सिंहले ३९९, डा. अजय कुमार मिश्रले १४२ र डा. महेश महासेठले १०७ मत प्राप्त गरेका छन्।
यस्तैगरी उपाध्यक्ष बागमती प्रदेशतर्फ डा. प्रकाश बुढाथोकीले ४६७ मत प्राप्त गरेका छन् भने डा. सञ्जय कुमार ठाकुरले १९१ मत प्राप्त गरेका छन्।
गण्डकी प्रदेश उपाध्यक्षमा डा. विकास गौचनले १९४ मत प्राप्त गर्दा डा. राजन शर्माले ४५४ मत पाएका छन्।
यस्तै सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा. निरज अर्यालले १६५ मत प्राप्त गरेका छन् भने डा. प्रशान्त भट्टले ४९८ मत पाएका छन्। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।
सदस्यहरुले हालसम्म प्राप्त गरेको मतपरिणाम:
डा. अभियान गौतम १८७
डा. अमित रञ्जन मिश्र ४०८
डा. चेतन बस्नेत १७४
डा. किशोर खत्री ४४५
डा. मनोर दिन शैय्यद २८८
डा. मोहम्मद अनामुल हक ११५
डा. पदम नेपाली दर्जी ३०८
डा. रमेश श्रेष्ठ १३७
डा रामकृष्ण आचार्य ११८
डा. स्मर्ति महत ३२५
डा. सृजना विष्ट ४३४
डा. सुरेन्द्र यादव ९७
डा. तेज्सु सिंह मल्ल ४२८
डा. युभिन कुमार यादव ३२०