Magnus pharma
आज: २०८२ चैत्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डाक्टरमाथि आक्रमण गर्नेलाई कार्वाही गर्न चिकित्सक संघले सरकारलाई दियो ७२ घण्टे ‘अल्टिमेटम’

Nam Raj Bhatta by Nam Raj Bhatta
September 15, 2023
in News
Reading Time: 1 min read
A A
0
डाक्टरमाथि आक्रमण गर्नेलाई कार्वाही गर्न चिकित्सक संघले सरकारलाई दियो ७२ घण्टे ‘अल्टिमेटम’
588
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौँ, २९ भाद्र २०८०

नेपाल चिकित्सक संघले सञ्चो अस्पताल हेटौँडाका चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कार्वाही गर्न सरकारलाई ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको छ ।

संघले घट्नामा सम्लग्न भएकाहरुलाई सो अवधी भित्र कानूनी कार्वाही नगरे देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

हेटौंडा घटनाबारे जानकारी दिन संघले बिहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा. अनिल बिक्रम कार्कीले घटनामा सम्लग्नमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि पहिलो संशोधन ऐन २०७९ बमोजिम कार्वाही गर्नुपर्ने बताए । उनले स्थानीय प्रशासनले घटनालाई गम्भीरताका साथ अघि बढाउनु पर्नेमा जाहेरी नपरेको तथा अन्य विभिन्न बहाना गरी कार्वाही प्रक्रियालाई फितलो गर्न खोजेको आरोप समेत लगाए ।

‘ज्यानमार्ने योजना अनुरुप आक्रमण भएको छ, प्रहरीकै अगाडी डाक्टरलाई काट्छु भनेको छ तर प्रहरीहरु जाहेरी आएन भनेर बसिरहन्छ । हामीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि पहिलो संसोधन ऐन २०७९ जारी गरिसकेको अवस्थामा यस्ता बाहना गरेर बस्नु कार्वाहीलाई फितलो पार्ने मनसाय पनि हुनसक्छ । त्यसैले हामीले भन्दैछौँ, ७२ घण्टा भित्र कानूनी कार्वाही नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ ।

साउन २२ मा एक जना बिरामी डेंगी लक्षण लिई उपचारका लागि सञ्चो अस्पतालमा आएका थिए । त्यहाँ एक दिन भर्ना भई उपचार गरेपछि थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज रिफर गरिएको थियो । तर २५ साउनमा ती बिरामीको मृत्यु भयो । ती मृतकका आफन्तहरुले हिजो भाद्र २७ गते अस्पतालमा आई डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरेका थिए ।

सो आक्रमण गर्नेहरु मध्ये ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

यसअघि संघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतलाई भेटी आक्रमणकारीहरुलाई कानूनको कठघरामा उभ्याई कारवाही गर्न ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री श्रेष्ठले कार्वाही हुने आश्वासन दिएका थिए ।Press Conference Matter1 Press Conference Matter2

Tags: #government of Nepal#Health and population ministry#Nepal medical associationCorona Virus #Covid19
SummarizeShare237ScanTweet146

Related articles

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

by Nam Raj Bhatta
March 31, 2026
0

नेपाली सेनाले खोटाङमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा  करिब २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । खोटाङको रणभीम गण मुडे र १८ नम्बर फिए गुल्मको संयुक्त आयोजनामा...

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

by Nam Raj Bhatta
March 30, 2026
0

काठमाडौँ महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको छ। महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क परीक्षण र प्रारम्भिक निःशुल्क उपचार सुरु गरेको हो। महानगरले निःशुल्क...

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

by Nam Raj Bhatta
March 29, 2026
0

रुपन्देहीमा ‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने मूल नारासहित रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ हुने भएको छ । नेपाल भेटेरिनरी एशोसियसनको आयोजनामा नेपालमा पशु...

योग्यताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह

चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै

by Nam Raj Bhatta
March 29, 2026
0

नेपाल चिकित्सक संघको यसअघि रोकिएको निर्वाचनको नयाँ मिति आएको छ । चिकित्सक संघको कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले काठमाडौँ उपत्यका बाहिर बैशाख ४ र ५ गते तथा काठमाडौँ...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    656 shares
    Share 262 Tweet 164
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    668 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.