Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

डाक्टरमाथि आक्रमण गर्नेलाई कार्वाही गर्न चिकित्सक संघले सरकारलाई दियो ७२ घण्टे ‘अल्टिमेटम’

Nam Raj Bhatta by Nam Raj Bhatta
September 15, 2023
in News
A A
0
डाक्टरमाथि आक्रमण गर्नेलाई कार्वाही गर्न चिकित्सक संघले सरकारलाई दियो ७२ घण्टे ‘अल्टिमेटम’
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, २९ भाद्र २०८०

नेपाल चिकित्सक संघले सञ्चो अस्पताल हेटौँडाका चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कार्वाही गर्न सरकारलाई ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको छ ।

संघले घट्नामा सम्लग्न भएकाहरुलाई सो अवधी भित्र कानूनी कार्वाही नगरे देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

हेटौंडा घटनाबारे जानकारी दिन संघले बिहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा. अनिल बिक्रम कार्कीले घटनामा सम्लग्नमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि पहिलो संशोधन ऐन २०७९ बमोजिम कार्वाही गर्नुपर्ने बताए । उनले स्थानीय प्रशासनले घटनालाई गम्भीरताका साथ अघि बढाउनु पर्नेमा जाहेरी नपरेको तथा अन्य विभिन्न बहाना गरी कार्वाही प्रक्रियालाई फितलो गर्न खोजेको आरोप समेत लगाए ।

‘ज्यानमार्ने योजना अनुरुप आक्रमण भएको छ, प्रहरीकै अगाडी डाक्टरलाई काट्छु भनेको छ तर प्रहरीहरु जाहेरी आएन भनेर बसिरहन्छ । हामीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि पहिलो संसोधन ऐन २०७९ जारी गरिसकेको अवस्थामा यस्ता बाहना गरेर बस्नु कार्वाहीलाई फितलो पार्ने मनसाय पनि हुनसक्छ । त्यसैले हामीले भन्दैछौँ, ७२ घण्टा भित्र कानूनी कार्वाही नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ ।

साउन २२ मा एक जना बिरामी डेंगी लक्षण लिई उपचारका लागि सञ्चो अस्पतालमा आएका थिए । त्यहाँ एक दिन भर्ना भई उपचार गरेपछि थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज रिफर गरिएको थियो । तर २५ साउनमा ती बिरामीको मृत्यु भयो । ती मृतकका आफन्तहरुले हिजो भाद्र २७ गते अस्पतालमा आई डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरेका थिए ।

सो आक्रमण गर्नेहरु मध्ये ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

यसअघि संघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतलाई भेटी आक्रमणकारीहरुलाई कानूनको कठघरामा उभ्याई कारवाही गर्न ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री श्रेष्ठले कार्वाही हुने आश्वासन दिएका थिए ।Press Conference Matter1 Press Conference Matter2

Tags: #government of Nepal#Health and population ministry#Nepal medical associationCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

Seeking the healing properties of Traditional Medicinal Plants of Nepal – Prof Rajendra Gyawali

Next Post

राष्ट्रपति पौडेलद्वारा १० महिला चिकित्सकलाई वमन इन मेडिसिन सम्मान

Related articles

जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल
News

जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल

7 hours ago
889
सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन
News

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन

18 hours ago
790
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता
News

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता

2 days ago
790
युवा डाक्टर केशवको नेतृत्वमा जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा देशभरमै तेस्रो
News

अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशब शकुसल भेटिए

2 days ago
1.4k
स्वास्थ्य मन्त्री पौडेलको माग सम्बोधन गर्ने प्रतिबद्धतापछि सरोकार समितिका संघर्ष कार्यक्रम स्थगित
News

स्वास्थ्य मन्त्री पौडेलको माग सम्बोधन गर्ने प्रतिबद्धतापछि सरोकार समितिका संघर्ष कार्यक्रम स्थगित

3 days ago
801
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित
News

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित

3 days ago
813
Next Post
राष्ट्रपति पौडेलद्वारा १० महिला चिकित्सकलाई वमन इन मेडिसिन सम्मान

राष्ट्रपति पौडेलद्वारा १० महिला चिकित्सकलाई वमन इन मेडिसिन सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,078)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...