काठमाडौं,२२ भाद्र २०७७
नेपाल चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत डाक्टर उत्तिर्ण भएका छन।
नेपाल मेडिकल काउन्सिलले गत शनिबार लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार अवेर राती नतिजा प्रकाशित गरेको हो ।
परीक्षाका लागि ७९३ जना एमबीबीएस र २६७ जना वीडीएसका गरी एक हजार ६० जनाले फारम भरेका थिए ।
काउन्सिल अध्यक्ष डा भगवान कोइरालाले कोरोना महामारीकाबीच परीक्षा सम्पन्न गरेको भन्दै खुशी व्यक्त गरे । उनले परीक्षाले कोरोना विरुद्धको लडाईका लागि जनशक्ति थपिएको प्रतिक्रिया दिए ।
काउन्सिलले यसपटक उपत्यका र उपत्यका बाहिर गरी विभिन्न १७ स्थानमा परीक्षा केन्द्र तय गरेको थियो । त्यसैले नतिजा प्रकाशितमा केही ढिलाई भएको रजिष्टार डा कृष्णप्रसाद अधिकारीले बताए ।
काउन्सिलले गत ८ चैतका लागि तय गरेको परीक्षा कोरोना महामारीका कारण दुई पटक स्थगित भएर शनिबार सम्पन्न भएको हो ।