काठमाडौंं, ११ चैत २०८१
माट्रिका आँखा केन्द्र र नेपाल दृष्टि विशेषज्ञ संघको संयुक्त आयोजनामा विश्व दृष्टि विशेषज्ञ दिवस मनाइएको छ ।
आइतबार ‘आइज टू द फ्युचर, अप्टोमेट्री इम्प्रुभिङ ग्लोबल वेलनेस’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
दिवसको अवसरमा निकालिएको र्याली माट्रिका आँखा केन्द्र परिसर, ढुंगेधारा हुँदै गौशाला, रातोपुल, मैतिदेवी हुँदै केन्द्रमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा काठमाडौं उपत्यकामा रहेको दृष्टि विशेषज्ञ आँखा अस्पताल, टिचिङ अस्पताल लगायतको सहभागिता रहेको थियो । प्रत्येक वर्ष विश्वभर २३ मार्चमा विश्व दृष्टि विशेषज्ञ दिवस मनाउने गरिन्छ।
कार्यक्रममा बोल्दै नेपालका पहिलो रेफ्रयाक्टिभ सर्जन डा. किशोर राज प्रधानले नेपालमा आँखा स्वास्थ्यको वर्तमान अवस्थाका बारेमा प्रष्ट पारेका थिए । यो कार्यक्रमलाई वरिष्ठ दृष्टि विशेषज्ञ कृष्ण कुमार धनखोटीले गरेका थिए । “Eyes to the Future: Optometry Improving Global Wellness” नाराका साथ यो दिवस साताव्यापी रुपमा मनाइने छ ।