Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

ललितपुर महानगरमा यस्ता छन् स्वास्थ्यका विषय नीति तथा कार्यक्रम

Nam Raj Bhatta by Nam Raj Bhatta
June 20, 2024
in News
Reading Time: 1 min read
A A
0
ललितपुर महानगरमा यस्ता छन् स्वास्थ्यका विषय नीति तथा कार्यक्रम
598
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

ललितपुर, ६ असार २०८१

ललितपुर महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा महानगरपालिका भित्रका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरुको लागि हाल सञ्चालनमा रहेको स्वास्थ्य उपचार सम्बन्धी जेष्ठ नागरिकसँग महानगर कार्यक्रमलाई निरन्तरता दिदैं सवै वडासम्म विस्तार गर्ने उल्लेख गरेको छ।

यस्तैगरी महानगरपालिकामा स्थायी रुपले बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई निमोनिया रोग विरुद्धको खोप दिने व्यवस्थालाई निरन्तरता दिईने उल्लेख छ।

यस्तै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने, स्थानीयवासीको हकमा स्वास्थ्य विमा नवीकरण वापतको रकमको ४० प्रतिशत रकम दोहोरो नपर्ने गरी महानगरपालिकाले व्यहोर्ने, वडास्तरबाट विनियोजित बजेटको सीमा भित्र रही आवश्यकता र औचित्यताको आधारमा स्वास्थ्य बिमा कार्यक्रममा स्थानीयबासीको प्रिमियमको निश्चित रकम व्यहोर्ने उल्लेख छ ।

स्वास्थ्यका थप विषय हेर्नुहोस ।

महानगरपालिकाबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको आवश्यकता र औचित्यताका आधारमा पुनरावलोकन गरिनेछ। कायम भएका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्ति, उपकरण तथा सुविधाको उचित प्रवन्ध गरिनेछ।स्वास्थ्यकर्मी तथा आवश्यक औषधी उपकरण सहितको सुविधायुक्त एम्वुलेन्स सेवा निस्शुल्क रुपमा सञ्चालन गरिनेछ।

आयुर्वेद तथा वैकल्पिक चिकित्साको माध्यमबाट गरिने उपचारलाई प्रोत्साहित गरी नागरिक आरोग्य कार्यक्रम अन्तर्गत पञ्चकर्म, योग तथा ध्यान केन्द्र स्थापना तथा सञ्चालनमा समन्वयगरिनेछ। महानगरपालिकाको खर्चमा योग अधिस्नातक तह अध्ययन गरेका योग प्रशिक्षकलाई वडास्तरमा सञ्चालन हुने योग प्रशिक्षण कार्यक्रममा स्वयमसेवक रुपमा परिचालन गरिनेछ।

बहुक्षेत्रिय पोषण कार्यक्रमलाई क्रमशः सञ्चालन गर्दै लगिनेछ। महिलामा देखिने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने, फिस्टुला जस्ता समस्याको स्क्रिनिङ कार्यक्रमलाई निरन्तरता दिदैं यसको उपचार सम्बन्धमा समेत आवश्यक व्यवस्था गरिनेछ।

प्रजनन् स्वास्थ्य सुरक्षित मातृत्व परिवार नियोजन कार्यक्रमलाई प्रभावकारी गरिदैं लगिनेछ। साथै किशोरकिशोरी सेवा मैत्री स्वास्थ्य संस्था कार्यक्रम विस्तार गरिदै लगिनेछ।

सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ्य परिक्षण, परामर्श तथा सचेतनामूलक कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गरिनेछ। वालवालिकामा देखापर्ने अटिज्म सम्बन्धी जनचेतना तथा व्यवस्थापनका लागि सो क्षेत्रमा कार्यरत संघसंस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ। वडा स्तरबाट हाल सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुको व्यवस्थापन वडास्तरको बजेटको सीमा भित्र रही गर्ने गरी निरन्तरता दिइनेछ।

सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा समुदायस्तरमा मुखको क्यान्सर एवम् सूर्तीजन्य पद्धार्थ, मद्यपान, धुम्रपान र एड्स तथा लागु पदार्थ नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइनेछ। क्षयरोग मुक्त महानगरपालिकाको लागि वडा तहमा सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम सञ्चालन गरिनेछ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श कार्यक्रमहरुलाई समुदायस्तरमा सञ्चालन गरिनेछ। सुस्त मनस्थिति र अटिजम सम्बन्धि हाल सञ्चालित कार्यक्रमलाई निरन्तरता दिइनेछ।

Tags: #government of NepalChiribabu maharjanLalitpur Metro municipality
SummarizeShare246ScanTweet147

Related articles

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

by Nam Raj Bhatta
June 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने अनिवार्य शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा उक्त बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.