Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

ललितपुर महानगरमा यस्ता छन् स्वास्थ्यका विषय नीति तथा कार्यक्रम

Nam Raj Bhatta by Nam Raj Bhatta
June 20, 2024
in News
A A
0
ललितपुर महानगरमा यस्ता छन् स्वास्थ्यका विषय नीति तथा कार्यक्रम
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर, ६ असार २०८१

ललितपुर महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा महानगरपालिका भित्रका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरुको लागि हाल सञ्चालनमा रहेको स्वास्थ्य उपचार सम्बन्धी जेष्ठ नागरिकसँग महानगर कार्यक्रमलाई निरन्तरता दिदैं सवै वडासम्म विस्तार गर्ने उल्लेख गरेको छ।

यस्तैगरी महानगरपालिकामा स्थायी रुपले बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई निमोनिया रोग विरुद्धको खोप दिने व्यवस्थालाई निरन्तरता दिईने उल्लेख छ।

यस्तै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने, स्थानीयवासीको हकमा स्वास्थ्य विमा नवीकरण वापतको रकमको ४० प्रतिशत रकम दोहोरो नपर्ने गरी महानगरपालिकाले व्यहोर्ने, वडास्तरबाट विनियोजित बजेटको सीमा भित्र रही आवश्यकता र औचित्यताको आधारमा स्वास्थ्य बिमा कार्यक्रममा स्थानीयबासीको प्रिमियमको निश्चित रकम व्यहोर्ने उल्लेख छ ।

स्वास्थ्यका थप विषय हेर्नुहोस ।

महानगरपालिकाबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको आवश्यकता र औचित्यताका आधारमा पुनरावलोकन गरिनेछ। कायम भएका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्ति, उपकरण तथा सुविधाको उचित प्रवन्ध गरिनेछ।स्वास्थ्यकर्मी तथा आवश्यक औषधी उपकरण सहितको सुविधायुक्त एम्वुलेन्स सेवा निस्शुल्क रुपमा सञ्चालन गरिनेछ।

आयुर्वेद तथा वैकल्पिक चिकित्साको माध्यमबाट गरिने उपचारलाई प्रोत्साहित गरी नागरिक आरोग्य कार्यक्रम अन्तर्गत पञ्चकर्म, योग तथा ध्यान केन्द्र स्थापना तथा सञ्चालनमा समन्वयगरिनेछ। महानगरपालिकाको खर्चमा योग अधिस्नातक तह अध्ययन गरेका योग प्रशिक्षकलाई वडास्तरमा सञ्चालन हुने योग प्रशिक्षण कार्यक्रममा स्वयमसेवक रुपमा परिचालन गरिनेछ।

बहुक्षेत्रिय पोषण कार्यक्रमलाई क्रमशः सञ्चालन गर्दै लगिनेछ। महिलामा देखिने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने, फिस्टुला जस्ता समस्याको स्क्रिनिङ कार्यक्रमलाई निरन्तरता दिदैं यसको उपचार सम्बन्धमा समेत आवश्यक व्यवस्था गरिनेछ।

प्रजनन् स्वास्थ्य सुरक्षित मातृत्व परिवार नियोजन कार्यक्रमलाई प्रभावकारी गरिदैं लगिनेछ। साथै किशोरकिशोरी सेवा मैत्री स्वास्थ्य संस्था कार्यक्रम विस्तार गरिदै लगिनेछ।

सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ्य परिक्षण, परामर्श तथा सचेतनामूलक कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गरिनेछ। वालवालिकामा देखापर्ने अटिज्म सम्बन्धी जनचेतना तथा व्यवस्थापनका लागि सो क्षेत्रमा कार्यरत संघसंस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ। वडा स्तरबाट हाल सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुको व्यवस्थापन वडास्तरको बजेटको सीमा भित्र रही गर्ने गरी निरन्तरता दिइनेछ।

सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा समुदायस्तरमा मुखको क्यान्सर एवम् सूर्तीजन्य पद्धार्थ, मद्यपान, धुम्रपान र एड्स तथा लागु पदार्थ नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइनेछ। क्षयरोग मुक्त महानगरपालिकाको लागि वडा तहमा सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम सञ्चालन गरिनेछ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श कार्यक्रमहरुलाई समुदायस्तरमा सञ्चालन गरिनेछ। सुस्त मनस्थिति र अटिजम सम्बन्धि हाल सञ्चालित कार्यक्रमलाई निरन्तरता दिइनेछ।

Tags: #government of NepalChiribabu maharjanLalitpur Metro municipality
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शिवराज सुनार

Next Post

त्रिवि शिक्षण अस्पतालमा पाँचौं कलेजो प्रत्यारोपण सफल

Related articles

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित
News

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

9 hours ago
834
स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय
News

आयुर्वेद औषधी निर्यात योग्य बनाउने बाटो खुल्यो, जिएमपी संहिता स्वीकृत

18 hours ago
786
सुदुरपश्चिम प्रदेश सरकारले भदौबाट बयलपाटा अस्पताल सञ्चालन गर्ने
News

सुदुरपश्चिम प्रदेश सरकारले भदौबाट बयलपाटा अस्पताल सञ्चालन गर्ने

1 day ago
783
वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सात वर्षपछि छुट्याउने विषयमा सहमति
News

आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द

2 days ago
789
Teeth care as a part of dental health
News

दाँतको पहेँलोपन हटाउने घरेलु उपायहरु जानी राखौं

2 days ago
784
डेंगु संक्रमणबाट साबधानी अपनाउन  महाशाखाको आग्रह
News

डेंगु संक्रमणबाट साबधानी अपनाउन  महाशाखाको आग्रह

3 days ago
783
Next Post
Teaching hospital photo

त्रिवि शिक्षण अस्पतालमा पाँचौं कलेजो प्रत्यारोपण सफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: ictformedia@gmail.com

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,121)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.