काठमाडौं, २ असोज २०७९
राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघ नेपालको नयाँ कार्यसमिति चयन भएको छ। गोबिन्द अकेलाको अध्यक्षतामा २२ जनाको कार्यसमिति बनेको हो।
त्यस्तैगरी उपाध्यक्षमा श्यामराज जोशी र लेखनाथ भट्टराई, महासचिवमा खेमराज पौडेल, सचिवमा उमाकान्त बडाल, असिम श्रेष्ठ र टिना उप्रेती, कोषाध्यक्षमा दिनेश न्यौपाने चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा पासाङ छिरिङ शेर्पा, मनोज पोखरेल, जयप्रकाश साह, विपिन कुमार झा, जनक मगर, बिक्रमबहादुर बोहरा, प्रसिद्ध ढकाल, ध्रुबराज घिमिरे, सन्जय चौधरी, ज्ञानबहादुर सेढाइ, निर्मल बिएम, अरविन बराल र सचिवालय सदस्य संगठन विभाग प्रमुख राजनप्रसाद पोखरेल रहेका छन्।
यस संघले प्रयोगशालाकर्मीहरुको हितका लागि आवाज उठाउने, प्राइभेट क्षेत्रमा कार्यरत प्रयोगशाला कर्मीहरुलाई पनि नियमअनुसार पाउनुपर्ने प्रयोगशाला जोखिम भत्ता तलबको २५% भत्ता सबै ठाउँमा अनिवार्य रुपमा उपलब्ध गराउन पहल गर्ने उद्देश्य रहेको उपाध्यक्ष जोशीले बताउनुभयो।