काठमाडौं , ३० जेठ
नेपाल जनस्वास्थ्य प्रयोगशालाको नियमावलीमा पि सि आर परीक्षण गर्नको लागि ‘ए’ ग्रेड मा दर्ता हुनु पर्ने भनी उल्लेख गरिएको छ। उक्त ग्रेडमा दर्ता हुन कम्तिमा २४ जना प्रयोगशाला विज्ञको नियुक्ति हुनुपर्ने र अन्य अन्तर्राष्ट्रिय स्तरको मापदन्ड पुरा गरेको हुनु पर्ने उल्लेख छ। ‘ए’ ग्रेडमा दर्ता भए पनि स्वाइन फ्लु जस्तो सरुवा रोगको भाइरस परीक्षण गर्नको लागि बायोसेफ्टि-२ लेभलको प्रयोगशाला हुनुपर्ने र उक्त प्रयोगशाला्मा १-बायोसेफ्टि क्याबिनेट , १- पि सि आर क्याबिनेट तथा १- लेमिनार हूड हुनुपर्छ। साथै सरुवा रोगको भाइरस परीक्षण गर्ने प्रयोगशाला छुटै भवनमा अथवा छुटै तल्लामा हुनुपर्छ।
अहिले सम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ले ९ ओटा निजि प्रयोगशाला लाइ ‘ए’ ग्रेड को प्रमाणपत्र दिएता पनि माथि उल्लेख गरिएको मापदन्ड पुरा नगरिएको भनि एउटा प्रयोगशालालाई ‘ए’ ग्रेड बाट ‘बि’ ग्रेड मा झारेको थियो। बाकि ८ ओ्टा ‘ए’ ग्रेड प्रयोगशाला मध्ये हाल सम्म स्वाइन फ्लु जस्तो सरुवा रोगको भाइरस परीक्षण गर्नको लागि सबै मापदन्ड पुरा गरेको एउटा मात्र निजि प्रयोगशालालाई स्विक्रिति दिएको थियो।
तर अहिले आएर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आफ्नै नियमावली बिपरित बायोसेफ्टि-२ लेभल पनि नभएको ‘बि’ ग्रेड को प्रयोगशालाहरु लाइपनि स्वाइन फ्लु भन्दा १० गुणा खतरानाक कोभिड -१९ परीक्षण गर्नको लागि स्वीकृति दिने भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको यो कदम बाट अब उप्रान्त नेपालमा प्रयोगशालाहरुको ग्रेडिन्ङ को औचित्य नरहने निश्चित प्राय छ ।
Comments 1