काठमाडौं , ९ भाद्र २०७७
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३२ सहित देशभर ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ गरि २३२ जनामा कोरोनाको संक्रमण देखिएको छ।
यससँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार ११९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएका छ।
आज एकैदिन कोरना भाइरसको कारण सात जनाको मृत्यु भएको छ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डाक्टर लोचन कार्कीले भने देशभर भइरहेको स्वास्थ्यकर्मीको मनोबल घटाउने कार्य नगरी दिन हुन अनुरोध गरेका छन् ।
नेपाल चिकित्सक संघले हिजो आज र भोलिका दिनमा कोरोना विरुद्ध लडेर काम गरिरहेको छ।