काठमाडौं, ३ असोज २०७७
पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ गरी ७११ जनामा संक्रमण पुष्टि भएको हो ।