काठमाडौं, १४ असोज २०८०
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् ।
चिकित्सकहरुले काम बन्द गरेर अस्पताल अगाडि बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम र सरोज गौतमलाई पक्राउ गरेको छ । डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन्।