काठमाडौं , २२ असार
काठमाडौं उपत्यकामा ५४ सहित थप १८० जना बिगत चौबीस घण्टामा सन्क्रमित देखिएका छ्न। नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित कोरोना अपडेटमा बताएका छ्न।
काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । पछिल्लो एक हप्ता दैनिक दोब्बरको संख्यमा संक्रमित बढिरहेका छन् । नेपालमा कोरोना कारण ३५ जनाको ज्यान गएको छ । सोमबार बागलुङका एकजनाको ज्यान गएको पुष्टि भएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको असार २१ गते ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा ज्यान गएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता डा.गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ सहित थप १८० जनामा संक्रमित भेटिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ। त्यसैगरी बितेको २४ घण्टामा थप २६४ जनाले कोरोनासँग जितेका छन् । योसँगै कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४७२१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।