बारा, ४ चैत्र २०८०
निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताको नेतृत्वमा कलैया प्रादेशिक अस्पतालले उपचार सेवामा पछिल्लो समय फडको मार्न थालेको छ ।
बारा जिल्लाकै जेठो अस्पतालको रुपमा रहेको कलैया प्रादेशिक अस्पतालमा विस्तार भएर अहिले ईन्डोस्कोपी युनिट सहित विभिन्न उपचार सेवाका तीन वटा युनिटको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले उदघाटन गरेका थिए।
उद्घाटन पश्चात हाल सम्म ५० बिरामीले इन्डोस्कोपी सेवा ४० बिरामीले डायलासिस सेवा ६ नवजात शिशुले उपचार पाएका छ्न।
कन्सलटेन्ट फिजिसियन समेत रहेका मेसु डा. गुप्ताले यो हप्ता भित्रै २ जना कलेजो फेल भएका बिरामीको इन्डोस्कोपिक भेरिसियल बेन्ड लाईगेसन (EVBL) गरेका छ्न। यो उपचार हुनु भनेको नै कलेजो फेल भएका बिरामीको उपचारमा सहजीकरण मान्निन्छ। उक्त प्रक्रियाले ब्यान्डिङ गरेपछी कलेजो फेल भएका बिरामीलाई घाटीको नसा फुटेर रगतको बान्ता गरी ज्यान जाने जोखिमबाट बचाउन सकिन्छ।
डा. गुप्ताकै नेतृत्वमा अस्पतालका कर्मचारी शुशासन सङ्गै सेवामा सहज तरिकाले व्यबस्थपन गर्नुको साथै अस्पतालको सौन्दर्यकरणमा उल्लेखनीय सुधार भएको छ।
प्राथमिक उपचारमा सिमीत रहेको यस अस्पतालमा पछिल्लो समय सेवाको स्तर वृद्धी भएको अस्पताल व्यवस्थापन समिती अध्यक्ष चौगाईले बताए ।
अहिले सघन तथा जटिल रोगका उपचार समेत कलैया अस्पतालमा हुन थालेको उनले बताए । प्राथमिक उपचार सेवामा सिमीत रहेको यस अस्पतालमा आफु आएपछि क्रमिक रुपमा सेवा विस्तार र चुस्तदुरुस्त हुन थालेको उनले दाबी गरे ।
विस्तार गरिएको ईन्डोस्कोपी युनिट, हेमोडायलिसिस तथा एस एन सियू युनिट सेवा संचालनमा आईसकेको उनले बताए । ईन्डोस्कोपी युनिटको सेवा नियमित रुपले भईरहेको कलैया प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले जानकारी दिनुभयो।
प्रादेशिक अस्पताल कलैयामा अहिले दिनहु ३ देखि ४ सय भन्दा बढी बिरामी ओपीडी सेवा लिईरहेको उनले जानकारी दिए । जसमध्ये सय भन्दा बढी बिरामीले इमर्जेन्सी सेवा लिइरहेका र ३० प्रतिशत भन्दा बढी पेट सम्बन्धी रोगका बिरामी रहने गरेको उनले बताए।
यस्तैगरी अस्पतालमा दिनहु १० देखी १५ जनता महिलालाई सुरक्षित रुपमा सुत्केरी सुविधा प्रदान गरिदै आएको कलैया अस्पतालकी ईन्डोर ईन्चार्ज जानकी महतोले जानकारी दिईन ।
डा. गुप्ताले अस्पतालमा दिनहुँ बिरामीको चाप बढेकोले सबैलाई सहज रुपले काम गर्ने वातावरण सिर्जना गरेको बताए।