झापामा कुवेतबाट फर्किएका सात महिलामा कोरोनाको संक्रमण #Covid19

बिराटनगर , ९ असार, 

झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार झापामा मंगलबार संक्रमण पुष्टि भएका १४ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

एक जना महिला भने भारतको आसामबाट झापा आएकी हुन् । उनीहरु सबै जना आ-आफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बस्दै आएका थिए ।

Next Post

Discussion about this post

ADVERTISEMENT