आइसोलेसन अस्पतालमा मृतक युवाको रिपोर्ट नेगेटिभ

काठमाडौं  चैत १७, २०७६

बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका युवाको आइतबार मृत्यु  सङ्गै रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालले जनाएको छ।

सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिएका थिए।

थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको डाक्टर थापाले बताए।घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए।


Next Post