भारतमा बैतडीका एक युवकलाई कोरोना संक्रमण #Covid19

बैतडी, २६ वैशाख

भारतको दिल्लीमा कार्यरत एक जना नेपालीमा कोरोनाको संक्रमण पाईएको छ । बैतडी स्थायी घर भएका दिल्लीमा सब्जीमण्डीमा कार्यरत एक जना व्यक्तिमा कोरोनाको संक्रमण पाईएको हो ।

हिजो राति कोरोना पोजेटिभ पाईएपछि उनलाई अस्पताल भर्ना तयारी भईरहेको दिल्लीबाट सुदूरपश्चिमेली नेपाली समाजका कोषाध्यक्ष महादेव भट्टले बताउनुभयो ।

उहाका विषयमा राजदूतावासलाई समेत जानकारी दिईएको भट्टले बताउनुभयो ।

भारतमा दिनप्रतिदिन सन्क्रमितको संख्या बढिरहेको छ।अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १ हजार आठ सय भन्दा बढी रहेको छ।

 

Next Post

Discussion about this post

ADVERTISEMENT