आज मिति : २०८२ जेष्ठ १५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

Nam Raj Bhatta by Nam Raj Bhatta
May 7, 2025
in News
A A
0
एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कास्की, २४ बैशाख २०८२

एचआईभी संक्रमित जनजाति महिलाहरूले आफूहरूको सबै समस्या एक दशक देखि कागजमा थन्क्याइएको भन्दै आक्रोश पोखेका छन् ।

कास्कीको पोखरामा आयोजना गरेको एचआईभी संक्रमित जनजाति महिलाहरूको यौन तथा प्रजनन् अधिकार सम्बन्धी सम्मेलनमा एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको सुरुवातले आफूहरूले एक दशक देखि आफ्ना समस्या सरोकारवाला निकायहरूलाई बताउँदै आएको तर समस्या समाधानमा ध्यान नदिएको दुःखेसो व्यक्त गरेका छ्न।

जनजाति महिलाहरुले एचआईभी एड्सको क्षेत्रमा कार्यरत सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आफूहरूको समस्या संकलन गरेर पनि ती समस्याहरुको समाधान नगरेकोले पनि गुनासो गरेको हो।

‘संक्रमित भएको थाहा पाए अस्पतालका चिकित्सकले उपचारमा ढिलाइ गर्छन्, संक्रमित भनेर हेंलाहोचो गर्छन्, नर्स रगत तान्न अघि सर्दैनन्, ल्याबका प्राविधिकले समयमै रिपोर्ट दिँदैन, संक्रमितका बच्चाहरूले खोप लगाउन पाउँदैनन्’, उनीहरूको गुनासो थियो, ‘पहिले त यस्तो समस्या कति हो कति। अहिले घट्नु साटो झन् बढेको छ । स्वास्थ्यकर्मीहरू पनि जब्बर भएर आएका छन् । संक्रमितको गोपनीयता नै भंग गरिदिन्छन् ।’

आफूहरूले घरपरिवार, जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूबाट भेदभाव र लाञ्छना भोग्दै आएको समस्या सुनाउँदा पनि अहिलेसम्म त्यही भेदभाव र लाञ्छना सहनुपरेको र कागजमा सीमित आफूहरूको समस्या समाधानमा तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ छ ।Pokhara hiv

घरपरिवार र समाजको भेदभाव त हाम्रो लागि ठूलो भएन, तर जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी तथा चिकित्सकहरूबाटै भेदभाव सहनुपर्दा साह्रै दुख लागेको छ।

सम्मेलनमा सहभागी कास्की, स्याङ्जा, गुल्मी, पर्वत र रूपन्देहीका एचआईभी संक्रमित जनजाति महिलाहरूको एकै स्वर थियो, ‘त्यसैले सरकार तथा यस क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले हामीलाई भेदभाव गर्ने तथा लाञ्छना लगाउनेहरूलाई तालिम दिनुपर्‍यो । एचआईभीसम्बन्धी लक्षित कार्यक्रम समुदायस्तरमै सञ्चालन गर्नुपर्‍यो । विद्यालयको पाठ्यक्रममै भेदभाव तथा लाञ्छनाबारे जनचेतना फैलाउने सामग्री समेट्नुपर्‍यो ।’

तीनै तहका सरकारले एचआईभीको क्षेत्रमा लगानी नगर्दा संक्रमितहरूको संख्या बढेको र महिलाहरू बढी प्रभावित भएको बताए ।

वैदेशिक रोजगारीमा गएका श्रीमानहरूको कारण महिलाहरू नजानिकनै एचआईभी संक्रमणको शिकार भइरहेको मना शेरचनले बताइन् ।

शेरचनले फरक भाषा र संस्कृतिका कारण संक्रमित जनजाति महिलाहरू उपचार सेवा तथा अन्य सुविधाबाट वञ्चित हुन परेको बताइन् ।

गैरनेपाली भाषी भएकै कारण स्वास्थ्य उपचारबाट उनीहरू पछाडि परेका छन्’, उनले भनिन्, ‘त्यसैले एचआईभी तथा यसका उपचार सेवाबारे सम्पूर्ण जानकारी फरकफरक भाषामा समेत उपलब्ध गराउनुपर्छ ।

त्यस्तैगरी गोमाया गुरुङले एचआईभी संक्रमित घरपरिवारलाई आफ्ना छोराछोरीको विवाह गर्नसमेत समस्या भइरहेको सुनाइन् । ‘घरपरिवारमा कोही एकजना संक्रमित हुँदैमा सबैलाई भेदभाव र लाञ्छना लगाउन मिल्छ भन्ने उनको तर्क थियो ।

अस्पतालमा एमटीसीटी सेवामार्फत एचआईभी संक्रमित बाबुआमाबाट संक्रमणमुक्त बच्चा जन्माउन सकिनेबारे जानकारी पाउन नसक्दा बसेको गर्भसमेत फाल्न जनजाति महिलाहरू बाध्य भएको रूपा तामाङले बताइन् ।

सुरुवातका कार्यकारी निर्देशक राजेश दिदियाले एचआईभी संक्रमित आदिवासी जनजाति महिलाहरूलाई यौन तथा प्रजनन् अधिकारबारे सचेत गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।

दिदियाले क्यानडाको म्याकगिल विश्वविद्यालयको आर्थिक सहयोगमा सुरुवातले देशका २२ जिल्लामा एचआईभी संक्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन् अधिकार (एसआरएचआर) बारे परियोजनागत अनुसन्धान गरिरहेको जानकारी दिनुभयो।

सोही परियोजनाअन्तर्गत एचआईभी संक्रमित आदिवासी जनजाति महिलाहरूको सवाल उनीहरूकै आवाजबाट मुखरित गर्ने उद्देश्यले पोखरामा सम्मेलन गरिएको बताए ।

सम्मेलनमा सुरुवातद्वारा सञ्चालित परियोजनाका को-इन्भेस्टिगेटर एवम् त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक डा. भगवान अर्यालले प्रजनन स्वास्थ्य एचआईभी बिषयमा कार्यपत्र प्रस्तुति गरेका थिए। यस्तै रिसर्च को-अर्डिनेटर अनुप अधिकारीले पहिलो चरणमा ७ प्रदेशबाट संकलन गरेको क्वालिटेटिव तथ्यांक प्रस्तुति गर्नुभयो। कन्ट्री एड्भाइजरी कमिटी मेम्बर ईश्वरकाजी खाइजूले प्रस्तुति तथा सहजीकरण गरेका थिए ।

त्यस्तै म्याकगिल युनिभर्सिटीको रिसर्च इस्टिच्युटबाट पाट्रिसिया महेचाले जुममार्फत परियोजनाको उद्देश्य र हालसम्म भएका गतिविधिबारे जानकारी दिएको सम्मेलनमा कास्की, पर्वत, स्याङ्जा, गुल्मी, रूपन्देहीलगायतका जिल्लाका करिब २० जना एचआईभी संक्रमित आदिवासी जनजाति महिलाहरूको सहभागिता रहेको थियो ।

सम्मेलनकै बीच एचआईभी संक्रमित आदिवासी जनजाति महिलाहरूको लागि योगदान गर्ने रिकभरिङ नेपालका अध्यक्ष दिलीप गुरुङ, त्रिभुवन विश्वविद्यालयका उप  प्राध्यापक डा. भगवान अर्याल, अभियन्ताहरू सावित्रा ज्ञवाली (जुना) र मना शेरचनलाई सुरुवातको तर्फबाट संस्थाका कोषाध्यक्ष ईश्वरकाजी खाइजूले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मेलनले ४ बुँदे पोखरा घोषणापत्र जारी 

१) नेपालमा एचआईभी अझै पनि लाञ्छना तथा भेदभावका रूपमा रहेको छ, जसको अधिक मार एवं समस्यामा संक्रमित आदिवासी जनजाति महिलाहरु रहेका छन् ।

२) नेपालको संविधानमा आधारभूत स्वास्थ्योपचार निःशुल्क रूपमा पाउने मौलिक अधिकार भएकाले एचआईभी संक्रमितहरूले विनाभेदभाव, विनालाञ्छना सहज रूपमा संक्रमितको गोपनीयताको अधिकार सुरक्षित राखी निःशुल्क स्वास्थ्योपचार पाउने अवस्था सुनिश्चित गर्नुपर्छ ।

३) सरकार तथा एचआईभी/एड्सको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको एचआईभी संक्रमितह? लक्षित कार्यक्रम समुदायस्तरमै कार्यान्वयनमा लैजान पहल गर्नुपर्छ ।

४) व्यक्तिगत प्रयासले मात्र एचआईभी सँग सम्बन्धित समस्या समाधान नहुने भएकाले समुदायमा आधारित संघसंस्था, आमा समूहलगायतको सामूहिक पहलमा एचआईभी संक्रमित महिलाका लागि सबै स्वास्थ्य सेवामा पहुँच, लाञ्छना न्यूनीकरण, रोजगारमूलक तालिम र सम्मानजनक जीवनयापनका लागि तीनै तहका सरकारसमक्ष पहल र पैरवी गर्नुपर्दछ।

Tags: Anup AdhikariDr. Bhagwan AryalHiv AIDS
Nisarga hospital Dhangadhi
Previous Post

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

Next Post

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

Related articles

Health ministry
News

स्वास्थ्य मन्त्रालयको बजेट अगामी वर्षको लागि९५ अर्व ८१ करोड बिनियोजन

2 hours ago
786
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

आर्थिक वर्ष २०८२/०८३ – स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन

2 hours ago
788
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने
News

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने

22 hours ago
881
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ

1 day ago
800
कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै
News

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै

2 days ago
843
Corona virus
News

भारतमा कोरोनाको नयाँ भेरियन्ट, नेपालका रोग विशेषज्ञहरु के भन्छ्न?

3 days ago
806
Next Post
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,044)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...