चितवन बैशाख ०७ ,२०७७
अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले कोरोना (कोभिड १९) भाइरसको नियन्त्रण र उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन माग गरेको डा.कृष्ण सागर पौडेलले एक विज्ञप्ती सार्वजनिक गर्दै उपचारमा आवश्यक पर्ने सामग्री उपलब्ध गराई स्वास्थ्यर्कीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको बताए ।
“आफ्नो जीवनको प्रवाह नगरी अहोरात्र जनताको सेवामा समर्पित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरुको जीवन बिमा, पिपिई, औषधी जस्ता अति आवश्यक सामाग्रीको समयमा नै उचित व्यवस्थापन गरी मनोबललाई उच्च बनाउनुपर्ने हुन्छ।” महासंघका अध्यक्ष डा. पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ , “विना पुर्वाधार स्वास्थ्यकर्मीहरुलाई काममा लगाउन नहुने र गर्न पनि नसकिने हुँदा यसको समयमा नै उचित व्यवस्थापन गर्न जरुरी छ ।”
सेवा, सुविधाबाट बञ्चित र समायोजनबाट मानसिक तनाव रहेका स्वास्थ्यकर्मीहरुलाई उचित राहत र योजना ल्याएर स्वास्थ्य सेवाको गरिमालाई उच्च राख्न सरकारलाई ध्याकर्षण गरिएको छ । “स्वास्थ्य सेवामा काम गर्ने स्वास्थ्यकर्मीहरुले देश र जनताप्रति समर्पित कतव्य निर्वाह गर्नुपर्दछ । यस विषम परिस्थितिमा ज्यानको बाजी लगाएर परिक्षण तथा उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मी प्रति कहीँ कतैबाट हतोत्साही हुने गरी दबाब सृजना नगरी उचित प्रोत्साहन र सुरक्षा दिन अत्यावश्यक रहेको छ।
यस्तो आपतकालीन अवस्थामा आफ्नो ज्यानको बाजी लगाउँदै अहोरात्र खटिएका चिकित्सक तथा स्वास्थ्यर्कीले सौखिनको रुपमा नभई आधारभूत सामग्रीहरु उपलब्ध गराउन डा.पौडेलले विज्ञप्ती मार्फत माग गर्नुभएको छ ।