काठमाडौँ, २२ असार २०८०
प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले स्वास्थ्य सेवा तर्फका ५ जना स्वास्थ्यकर्मीलाई एघारौँ तहमा बढुवाको सिफारिस गरेको छ।
आयोगले प्रदेश निजामती सेवा ऐन २०७९ को दफा ४३ लाई टेकेर रिक्त पदमा बढुवा सिफारिस गरेको जनाएको छ।
बढुवा हुनेहरुमा प्रदेश स्वास्थ्य सेवा तर्फ निर्देशक पदको एघारौं पदमा नारायणबहादुर कार्की, त्यसैगरी एघारौँ तहमा बसन्त अधिकारी, डा. अर्जुनप्रसाद सापकोटा, डा. नरेन्द्रकुमार झा र दीपक प्रसाद तिवारी रहेका छन्।
बढुवाका लागि आयोगले गत ११ बैशाखमा प्रकाशित गरेको थियो।