काठमाडौं, ०९ असार २०८२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै प्रस्ताव गरेको संगठन संरचना, दरबन्दी संरचना र सेवा समुहको संरचना नाम दिइएको ओ. एन. एम, मस्यौदामा हेल्थ एजुकेशन समुहको प्रस्तावित दरबन्दी प्रति असुन्तोष्ट जनाउदै स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघ नेपालले मन्त्रालयका सचीव डिल्ली राम शर्मालाई ज्ञापन पत्र बुझाएका छ्न।
स्वास्थ्य सेवा अन्तर्गत स्वास्थ्य शिक्षा समूहको दरवन्दी नवौ तहको एकजना र सातौं आठौ तहको दरबन्दी एक जना गरी जम्मा दुई जना दरबन्दी हुने भनी ड्राफ्ट मस्यौदा तयार भएको सन्दर्भमा यससँग सम्बद्ध स्वास्थ्य शिक्षा तथा प्रवर्धन सह नेपाल लगायत उक्त विषयमा विशेषज्ञता हासिल गरेका सम्पूर्ण जनशक्तिहरूको तर्फबाट आधारहीन ओ.एन.एम. प्रति गम्भीर तथा घोर आपत्ति सहित यो ध्यानाकर्षण पत्र पेश गरेको हो।
नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ मा भएको व्यवस्था बमोजिम ५औं तह देखि ११ तह सम्म हेल्थ एजुकेशन समुहको दरबन्दी भई हाल बहालमा कायरत रहेको यस समुहको महत्व र औचित्य यस्तो छ।
नेपालमा बढ्दै गएको नसर्ने रोग मानसिक रोग तथा अन्य विपतजन्य महामारी सुर्तीजन्य तथा मध्यपान सम्बन्धी समस्याको कारण नेपाली नागरिकहरूको अकालमा ज्यान जाने समस्या लयायत अन्य धेरै सामाजिक स्वास्थ्य समस्याहरु न्यूनीकरण गर्नका लागि स्वास्थ्य प्रवर्धनको ठूलो आवश्यकता तथा महत्व रहेको छ।
ज्यादै न्यून दरबन्दी बावजुद पनि यस हेल्थ एजुकेशन समूहको कामको प्रतिफल स्वरूप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थ नियन्त्रणमा गरेको अतुलनीय कार्यबापत अन्तर्राष्ट्रिय रूपमा पुरस्कार समेत ग्रहण गरिसकेको अवस्था छ।
यस समूहले शिक्षा तथा प्रविधि मन्त्रालयद्वारा विद्यालय तथा कलेजमा अध्यापन हुने पाठ्यक्रमहरूमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयहरूको निर्माण गरिने पाठ्यक्रममा आवश्यक परिमार्जन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।
यस समूहले संघ तथा प्रदेशहरू मार्फत स्वास्थ्य तथा सम्बद्ध अन्य सरोकारवाला निकायहरुलाई स्वास्थ्य सम्बन्धी तालिम प्रदान गर्ने जनचेतनामूलक सन्देश मूलक श्रव्य दृश्य सामग्री निर्माण गरी विभिन्न सामाजिक सञ्जाल तथा राष्ट्रिय तथा स्थानीय स्तरका संचार माध्यमहरू मार्फत प्रसारण गर्ने कार्य गर्दै आएको स्वास्थ्य प्रवद्दन केन्द्रका अध्यक्ष हेम राज खड्काले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छ्न।
यो समूहको अगुवाइमा समुदाय स्तरमा विद्यालय तहमा समसामयिक स्वास्थ्य समस्याहरूको बारेमा आवधिक रूपमा प्रशिक्षण गर्दै आएको छ
स्वास्थ्य सम्बन्धी विभिन्न दिवसहरूमा पत्रकार सम्मेलन प्रेस विज्ञप्ति लगायत अन्य जनचेतना मुलक अन्तरक्रिया र पैरवी गर्ने कार्य गर्दै आइरको छ ।
संघिय प्रदेश र स्थानीय सरकारसंग स्थानीय सरकारहरूसँग व्यवहार परिवर्तन र स्वास्थ्य प्रवर्धनसँग सम्बन्धित विषयवस्तुहरुमा निरन्तर बैठक परामर्श र पैरवी गरी स्वस्थ शहर निर्माण तथा स्वास्थ्य सम्बन्धी गतिविधिहरूलाई प्रभावकारी बनाउनको निम्ति निरन्तर रुपमा बहस तथा पैरवी गर्दै आएको खड्काले बताए।
नेपालमा स्वास्थ्य सम्बन्धी अन्धविश्वासहरु चिर्दै वैज्ञानिक रुपले प्रमाणित स्वास्थ्यका विषयहरूमा जनचेतना वृद्धि भई गम्भीर खालका रोगहरूको रोकथाम भई नागरिक तथा देशको समग्र आर्थिक भार कम गर्न सघाउ पुगेको छ।
नेपाल जस्तो अल्पविकसित देशमा स्वास्थ्य प्रवर्धनको ठूलो भूमिका रहेको हुँदा उक्त समूहलाई प्रदेश स्थानीय तहहरूमा समेत दरबन्दी सिर्जना गरिनुपर्ने अवस्थामा के कति कारणले व्यापक रुपमा दरबन्दी कटौती भएको हो सो बारेमा गम्भीर ध्यानाकर्षण सहित निम्न मागहरू सम्बोधन गरेका छ्न।
मागहरु यस्ता छन् :
१. हाल यस समुहको विद्यमान रहेको ११औं तहका एकजना ९/१० तहका पाँचजना र ७/८ तहको सात जनाको दरबन्दी यथावत कायम गर्नु पर्ने । साथै यसको विश्व परिवेश र राष्ट्रिय स्तरको आवश्यकता अनुरुप् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाण्डौमा स्वास्थ्य प्रवर्धन महाशाखा खडा गरी यसै समुहको एकजना एघारौं तहको दरबन्दी सहित सोही अनुसारका हेल्थ एजुकेशन समुहका जनशक्तिको अन्य पदहरू सिर्जना गरिनुपर्ने ।
२. प्रत्येक जिल्लामा स्वास्थ्य प्रवर्धन/स्वास्थ्य शिक्षाको अवस्थाको मूल्याङ्कन, अध्ययन र स्थानीय तहसंग स्वास्थ्य प्रवर्धन सम्बन्धि समव्वय सहकार्य तथा प्रवर्धनात्मक गतिविधिहरू सञ्चालन गर्नको लागि हाल कायम रहेको जन/स्वास्थ्य कार्यालयहरुमा एकजना स्वास्थ्य शिक्षा अधिकृतको दरबन्दी सिर्जना गरिनुपर्ने।
३. सबै ७५३ वटा स्थानीय तहमा स्वास्थ्य प्रवर्धन तथा शिक्षा र स्वस्थ जीवन शैली कार्यक्रम संचालन गर्न स्वास्थ्य प्रवर्धन/शिक्षा अधिकृतको पद सिर्जना गरिनुपर्ने।
४. हाल विभिन्न विश्वविद्यालयहरूमा पढाइ भइरहेका स्वास्थ्य प्रवर्धन तथा शिक्षासम्बन्धी विषय लाई नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट हेल्थ इन्स्पेक्सन र हेल्थ एजुकेशन दुवैतिर दर्ता हुन पाउने प्रावधान हटाई स्वास्थ्य शिक्षामा स्नातक वा सनाकोत्तर तह अध्ययन गरेका योग्य व्यक्तिलाई मात्र हेल्थ एजुकेसन (Jan. HEdu.) समूहमा मात्र दर्ता हुने प्रावधानको दिगो व्यवस्था गर्नु पर्ने।
५. स्वास्थ्य शिक्षा तथा प्रवर्धन विषयमा आवश्यक सङ्ख्यामा दक्ष जनशक्ति उत्पादनको लागि हाल पढाइ भइरहेको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा विद्यार्थीको कोटा बढाउनुपर्ने ।
स्वास्थ्य प्रवर्धनको विश्व व्यापी मान्यता र ओत्तावा चार्टर १९८६ को मर्म अनुरुप नीति योजना तह देखि स्थानीय स्तरसम्म स्वास्थ्य प्रवर्धन तथा शिक्षाको नीतिगत व्यवस्था गर्न, कार्यक्रम कार्यान्वन गर्न, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ मा यस समुहको व्यवस्था र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मौजुदा दरबन्दी कायम गरि आवश्यकता र औचित्त्यताको आधारमा माथि उल्लेखित मागहरु सम्बोधन गर्न अनुरोध सहित यो ध्यानाकर्षण पत्र पेश गरेको छ।