Magnus pharma
आज: २०८२ चैत्र १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका १८ विषयहरू यस्ता छन्

Nam Raj Bhatta by Nam Raj Bhatta
May 20, 2023
in News
Reading Time: 1 min read
A A
0
नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका १८ विषयहरू यस्ता छन्
608
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौँ, ६ जेठ २०८०

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा स्वास्थ्यका १८ विषयहरू समेटिएका छन्।

‍गुणस्तरीय स्वास्थ्य सेवा, आधारभूत अस्पतालहरूमा एक एमडिजिपी, एक महिला तथा प्रसूति रोग विशेषज्ञ, एक चिकित्सक एक अस्पतालको व्यवस्था लगाएत १८ विषय यस्ता छन्।

१‍‍‍‌‌) ‍गुणस्तरीय स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच सुनिश्‍चित गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिनेछ। प्रदेशस्तरमा सेन्टर फर एक्सिलेन्सको रूपमा राष्‍ट्रिय र प्रदेशस्तरीय टेलिमेडिसिन सेन्टर स्थापना गर्दै लगिनेछ। प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गरिनेछ। अशक्त, असहाय र ज्येष्‍ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा प्रदान गरिनेछ।

२) आधारभूत अस्पतालहरूमा एक एमडिजिपी, एक महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तीमा तीनजना मेडिकल अधिकृत र आवश्यक नर्स, ल्याबलगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण तथा सामग्री, एक्सरे, अल्ट्रासाउण्ड, इको¸इसिजीलगायतका डाइग्नोष्‍टिक उपकरण, अक्सिजन सुविधासहितको एम्बुलेन्स उपलब्ध गराई सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गरिनेछ। आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिइनेछ।

३) सामुदायिक अस्पतालहरूमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्‍चित गरिनुका साथै बहिरङ्‍ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्‍चालन हुने व्यवस्था मिलाइनेछ।

४) सङ्क्रामक रोगविरुद्ध अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ। दुर्गम क्षेत्रमा समयमा उपचार नपाउँदा अल्पायुमै हुने मृत्युको क्रम रोक्न अति दुर्गम, सुदूरपश्‍चिमका पहाडी र कर्णाली प्रदेशका जिल्लामा दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा नियमित सञ्‍चालन गरिनेछ।केन्द्रीकृत डाटाबेस सहितको राष्‍ट्रियएम्बुलेन्स सेवाको व्यवस्था मिलाइनेछ।

५) जनशक्ति,‌उपकरण, औषधी,सेवाप्रवाहको गुणस्तर, समयावधि, व्यवस्थापन, सरसफाइ समेतका आधारमा सामुदायिक स्वास्थ्य संस्थाको मूल्याङ्‍कन गरिनेछ।

६) नवजात शिशु र मातृ मृत्युदर बढी भएका स्थानीय तहमा मातृ तथा नवजात शिशु स्याहार एवं उपचार सेवाका लागि विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ। स्वास्थ्य संस्थाहरूमा अटिजम रोगको निदान र उपचारको व्यवस्था मिलाइनेछ। महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रूपमा क्रमशःदेशभर विस्तार गरिनेछ।

७) सातै प्रदेशका सङ्‍घीय अस्पतालहरूमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार गरिनेछ।प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्‍चित गरिनेछ। सबै पालिकाका वडामा रहेका सुत्केरी केन्द्रहरूको स्तरोन्‍नति गरिनेछ।

८) प्रदेशस्तरको कम्तीमा एउटा अस्पताललाई मुटुको शल्यक्रिया र क्यान्सर रोग समेतको निदान हुनसक्ने सुपर स्पेशियालिटी अस्पतालको रूपमा विकास गर्न आवश्यक पूर्वाधार¸ प्रविधि र जनशक्तिको व्यवस्था गर्दै लगिनेछ।

९) मेडिकल कलेजहरूलाई पूर्ण क्षमतामा सञ्‍चालन गरिनेछ। आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्‍न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आकलन गरी तदनुरूप पठन­­-पाठनको व्यवस्था गरिनेछ।

१०) औषधी व्यवस्था विभागलाई खाद्य, औषधी तथा स्वास्थ्य प्रविधि विभागमा रूपान्तरण गरिनेछ। आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधी स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाइनेछ। औषधीजन्य तथा स्वास्थ्यजन्य सामग्रीहरू स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन वित्तीय र अन्य सुविधा एवं सहुलियत उपलब्ध गराइनेछ।

११) सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरी आयुर्वेदिक औषधीको उत्पादन र उपलब्धता वृद्धि गरिनेछ। आयुर्वेदिक अस्पतालहरूको सेवा प्रभावकारी बनाइनेछ।

१२) निजामती अस्पताल र सबै सङ्‍घीय अस्पतालहरूलाई शिक्षण अस्पतालको रूपमा विकास गरिनेछ। निजामती अस्पताललाई विशिष्टीकृत चिकित्सा सेवासहितको सुविधासम्पन्‍न अस्पतालका रूपमा विकास गर्दै क्रमशः सातवटै प्रदेशमा विस्तार गर्ने नीति लिइनेछ। गेटा विश्‍वविद्यालय सम्बन्धी विधेयक यसै अधिवेशनमा प्रस्तुत गरिनेछ। उक्त अस्पताल यसै वर्ष सञ्‍चालनमा ल्याइनेछ।

१३) जनसङ्ख्याको असन्तुलित भौगोलिक वितरण¸ बुढ्यौलीउन्मुख जनसाङ्ख्यिक अवस्था¸ प्रतिस्थापन तहभन्दा तलको जनसङ्ख्या वृद्धिदर र बढ्दो आन्तरिक एवं बाह्‍य आप्रवासनले सामाजिक तथा आर्थिक जीवनमा पार्नसक्ने असरको आकलन र विश्‍लेषण गरिनेछ। हाल उपलब्ध जनसाङ्ख्यिक लाभलाई पूर्ण सदुपयोग गर्न तथा भविष्यमा मुलुकभित्र जनशक्ति अभाव हुन नदिन राष्‍ट्रिय जनसङ्ख्या नीतिमा पुनरावलोकन गरिनेछ।

१४) चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्ध रूपमा विस्तार गर्न चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्‍ठानहरूलाई एकीकृत छाता ऐनअन्तर्गत सञ्‍चालन गरिनेछ। यससम्बन्धी विधेयक संसद्‍को यसै अधिवेशनमा पेश गरिनेछ। एकीकृत प्रतिष्‍ठानअन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिनेछ। प्रदेश र क्षेत्रीय अस्पतालहरूको स्तरोन्‍नति गरी शिक्षण अस्पतालका रूपमा विकास गरिनेछ।

१५) व्यक्तिको शारीरिक¸ मानसिक र बौद्धिक विकासमा सहयोग पुर्‍याउन योग र ध्यान विषयलाई विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरी पठन-पाठन गर्ने व्यवस्था मिलाइनेछ।

१६) ज्येष्ठ नागरिकलाई स्वास्थ्य तथा अन्य सेवा सुविधामा छुट र सहुलियत प्रदान गरिनेछ। प्रदेश तथा स्थानीय तहको समन्वयमा प्रदेश तथा पालिकाहरूमा सुविधायुक्त ज्येष्ठ नागरिक आवास गृह सेवा तथा मिलन केन्द्र र आरोग्य आश्रमको निर्माण गरिनेछ। ज्येष्ठन नागरिक स्वास्थ्य सेवा सञ्चा्लन भएका अस्पताललाई थप सुदृढ गरिनेछ।

१७) दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ।

१८) आगलागी¸ डढेलो¸दुर्घटना र आपराधिक क्रियाकलापबाट सख्त घाइते भएकालाई शीघ्र उद्धार गरी उपचार गर्न एम्बुलेन्स¸ दमकल¸ सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी एकीकृत रूपमा परिचालन हुनेगरी राष्‍ट्रिय एकीकृत आकस्मिक सेवा प्रणाली स्थापना गरी सञ्‍चालनमा ल्याइनेछ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19
SummarizeShare257ScanTweet146

Related articles

स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

by Nam Raj Bhatta
March 27, 2026
0

बालेन्द्र शाहको नेतृत्वको सरकारमा निशा मेहता स्वास्थ्य तथा खानेपानीमा नियुक्त भएकी छन् । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो क्याबिनेटमा निशालाई उक्त पदमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको...

नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र

नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र

by Nam Raj Bhatta
March 26, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी रविकान्त मिश्रलाई दिएका छन् । परिषदको  रजिष्टार लिलानाथ भण्डारीको चार वर्षे कार्यकाल सकिए पछि मिश्रलाई जिम्मेवारी दिइएको हो। स्वास्थ्य तथा जनसंख्या...

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी

by Nam Raj Bhatta
March 25, 2026
0

काठमाडौं, आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क मोतीविन्दुको पहिचान तथा शल्यक्रिया गर्नका लागि तिलगंगा आँखा अस्पताल र ग्लोबल आईएमइ बैक बिच समझदारी भएको छ । ग्लोबल...

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

by Nam Raj Bhatta
March 24, 2026
0

बैतडी जिल्लामा यो वर्ष ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    645 shares
    Share 258 Tweet 161
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    625 shares
    Share 250 Tweet 156
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    665 shares
    Share 297 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र
  • बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu
  • तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी
  • बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.