काठमाडौं, १८ असार २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक पटक मन्त्री फेरिनु भयो । कोही छोटो समय कुर्शीमा बिराजमान हुनुभयो त कसैले लामै समय पनि गुजार्नु भयो। लामो समयदेखि न त मन्त्रालयको रंगरोगन गरियो, न आँगन नै राम्ररी कालो पत्रे गरियो ।
स्वास्थ्य मन्त्रालयको आँगन हेर्दै उराठ लाग्दो थियो । मन्त्री, सचिव, निर्देशकहरु, कर्मचारी र दातृ निकायका गाडी मन्त्रालय प्रवेश गर्दा धुलो उड्थ्यो । प्रवेशद्धारको दाँया बायाँ रहेको बगौचामा रहेका बिरुवा र फूल सुकिसकेका थिए । मन्त्रालय प्रवेश गर्ने बरण्डा र ढोका वरिपरी माकुराको जालो लागेको थियो । हेर्दै कुरुप लाग्ने भइसकेको थियो स्वास्थ्य मन्त्रालय । नेतृत्वमा बस्ने बिगतका कुनै पनि मन्त्रीलाई यो बिषयमा हेक्का भएको थिएन।
दुई महिना अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्न आउनु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यान स्वास्थ्य सेवा सुधारका अन्य योजनासँगै मन्त्रालयको सरसफाईमा पनि गयो । उहाँले मन्त्री भएको केही हप्तामै मन्त्रालय परिसर सरसफाई सुरु गर्न भयो । केही दिनपछि मन्त्रालय अगाडिको बगौचामा नयाँ फूल रोप्न लगाउँनु भयो । बगौचामा नयाँ प्रजातिका बोट विरुवा रोपिए । बर्षौदेखि कालो पत्रे हुन नसकेको मन्त्रालयको आँगन पनि अहिले कालो पत्रे गरियो । आगान कालो पत्रे गर्न स्वास्थ्य मन्त्री बस्नेत आईतबार राती ११ बजेसम्म आफै खटिनु भएको थियो । कालो पत्रे असारे बिकास जस्तो नहोस, गुणस्तरीय हुनु पर्छ भन्ने मान्यताका साथ मन्त्री बस्नेत कालो पत्रे गर्दा निरीक्षण गरिरहनु भएको थियो । कालो पत्रे गर्दा मन्त्री नै राती ११ बजेसम्म फिल्डमा खटिदा ठेकेदार पनि छक्क परेर गतिलै पिच गर्न आफ्ना कामदारहरुलाई निर्देशन दिइरहनु भएको थियो ।
मन्त्रालयको आगन मापदण्ड अनुसार कालो पत्रे गराएर मात्र मन्त्री बस्नेत र उहाँको सचिवालयको टोली घर गएको थियो । स्वरुप हेर्दा स्वास्थ्य मन्त्रालय आफै अस्वस्थ जस्तो लागेपछि आफूले बजेट व्यवस्थापन गरेर बगौचाको सजावटदेखि मन्त्रालयको रंगरोगन र आगन कालो पत्रे गराएको मन्त्री बस्नेतले बताउनु भयो । मन्त्री बस्नेतले भन्नु भयो, ‘ बल्ल बाहिरबाट हेर्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जस्तो भयो । पहिले त हेर्दै कुरुप देखिन्थो ।’ राती कालो पत्रे नसकिन्जेलसम्म मन्त्री जागा रहेको देखेपछि मन्त्रालयका सुरक्षाकर्मी र सहायक कर्मचारी पनि अचम्म परेका थिए । एक सुरक्षाकर्मीले भने, ‘ यसरी मन्त्री नै नखटिएको भए नाम मात्रको कालोपत्रे गरेर ठेकेदार टाप कसी सक्थे।’ मन्त्रीज्यू नै खटिएपछि बलियो पिच गर्न बाध्य भए ।
नेपाल सरकारका मन्त्रालयमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मात्र सिंहदरबार बाहिर रहेको एक मात्र मन्त्रालय हो । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयको स्वरुप नै फरिदिएपछि कर्मचारीहरु पनि दंग छन् । प्रशासन साखाका एक कर्मचारीले भने, ‘मन्त्रालय परिसरको सरसफाईले काम गर्ने वातावरण समेत सुध्रेको छ ।