Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

सरकारको नीति तथा कार्यक्रम पारित भएको सात महिना बितिसक्दा पनि अधिकांश कार्यक्रम अलपत्र छन् ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 27, 2021
in News
Reading Time: 1 min read
A A
0
Ministry of Health and Population Nepal

Ministry of Health and Population Nepal

597
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १५ फागुन २०७७

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रम समेटिए पनि अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि कार्यान्वयन कछुवाको गतिमा रहेको पाइएको छ ।

सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एवं स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्र्य गर्र्न प्रयोगशाला परीक्षण सेवासहितका ३ सय शैयाको केन्द्रीय र न्यूनतम ५० शयाको प्रदेशस्तरीय अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने सरकारको नीति तथा कार्यक्रम २०७७-७८ मा उल्लेख छ । तर, कार्यान्वयनका लागि सरकारले तीव्रता दिएको छैन ।

– एकीकृत छाता ऐन खोइ ?
– स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन अन्योलमै
– प्रमुख राजमार्गमा ट्रमा सेवा सकस
– स्थानीय तहका वडामा व्यामशाला अन्योल
– एकीकृत एम्बुलेन्स सेवा सञ्चालन अझै भएन

यस्तै, गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सरकारको योजनामा उल्लेख छ । तर, अहिलेसम्म गरिब परिचयपत्र कार्यक्रम पूर्ण रूपमा लागू हुन सकेको छैन ।
सरकारको नीति तथा कार्यक्रममा स्थानीय तहका वडामा व्यायमशाला, आरोग्य केन्द्र र योग केन्द्र्र स्थापना गर्न प्रोत्साहन गरिने भनिए पनि सबै स्थानीय तहमा अझै ती कार्यक्रम लागू हुन सकेका छैनन् ।

नेपालभरको जुनसुकै स्थानबाट ३ अंकको टेलिफोन नम्बरमा सम्पर्क गरी नागरिकले सहज र सरल रूपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । तर, अहिलेसम्म एकीकृत एम्बुलेन्स सेवा सञ्चालनमा आउन सकेको छैन । प्रमुख राजमार्गमा ट्रमा सेवाको विस्तार गरिने भनिए पनि सो विषय सरकारको नीति तथा कार्यक्रममा मात्रै सीमित भएको छ ।

सबै मेडिकल कलेजले जिल्लामा एक अस्पतालमा शल्यचिकित्सासहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्य संस्थाले महिनाको एक दिन स्याटेलाइट क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउन्सिल, अनुसन्धान केन्द्र र अस्पताललाई थप मितव्ययी, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गरिने उल्लेख छ । तर, एकीकृत ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमित गठन गरे पनि कहिले ऐन आउने भन्नेमा अन्योल कायम छ ।

रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिने, औषधि, औजार तथा उपकरणसमेतको गुणस्तर मापन तथा नियमन गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको स्थापना गरिने उल्लेख छ ।

यस्तै, स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिने विषय पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार रोग नियन्त्रण केन्द्र र स्वास्थ्य संस्थान प्रत्यायन बोर्ड गठनसम्बन्धी कानुन प्रादेशिक रूपमा छलफल लगभग सकिएको छ । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय कार्यक्रमिक रूपमा समेटिए पनि कार्यान्वयन प्रभावकारी तवरबाट हुन सकेको छैन ।

dr.jageshor gautam
Dr.jageshor gautam

सरकारको नीति तथा कार्यक्रम पारित भएको सात महिना बितिसक्दा पनि अधिकांश कार्यक्रम अलपत्र छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आफूहरू लागिपरेको बताए । उनले भने, ‘अहिले स्वास्थ्यका पूर्वाधार निर्माणका काम भइरहेका छन् । केही प्रक्रियामै छन् ।’ उनले कार्यक्रम कार्यान्वयनका लागि ऐन ‘ड्राफ्ट’को काम भइरहेको बताए ।

(राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्)

Tags: #government of Nepal#Health and population ministry#kathmanduCorona Virus #Covid19Dr.jageshor gautamLaxman aryal
SummarizeShare246ScanTweet146

Related articles

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल

by Nam Raj Bhatta
May 7, 2026
0

सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जिम्मेवारी डा. उमेश नेपाललाई सिएको छ। अस्पतालमा पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि डा. नेपाललाई निमित्त कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी...

काठमाडौंका डेन्टल क्लिनिकमा म्याद गुज्रेका सामग्रीदेखि ‘नक्कली’ उपचारसम्म

काठमाडौंका डेन्टल क्लिनिकमा म्याद गुज्रेका सामग्रीदेखि ‘नक्कली’ उपचारसम्म

by Nam Raj Bhatta
May 7, 2026
0

नेपाल मेडिकल काउन्सिलको स्थलगत अनुगमन टोलीले काठमाडौं महानगरभित्र सञ्चालित विभिन्न डेन्टल क्लिनिकहरूमा म्याद गुज्रेका सामग्री देखि नक्कली उपचार हुने फेला पारेको छ। मेडिकल काउन्सिलका सदस्यहरू डा. अस्मिता पोखरेल,...

दाङमा पहिलोपटक मुटुको`एन्जियोप्लाष्टि’ सेवा सुरु

दाङमा पहिलोपटक मुटुको`एन्जियोप्लाष्टि’ सेवा सुरु

by Nam Raj Bhatta
May 7, 2026
0

दाङको घोराहीस्थित रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एन्जियोप्लाष्टि सेवा सुरु भएसंगै बिरामीलाई जिल्लामै उपचार गर्न सजिलो भएको छ। मुटु रोग विशेषज्ञहरुको टोलीले दुई बिरामीको सफलतापूर्वक एन्जियोप्लास्टि गरेपछि...

विदेशी चिकित्सकले काउन्सिलमा बिना दर्ता सेवा दिन नपाउने

विदेशी चिकित्सकले काउन्सिलमा बिना दर्ता सेवा दिन नपाउने

by Nam Raj Bhatta
May 7, 2026
0

नेपाल मेडिकल काउन्सिलले नेपालमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूले काउन्सिलमा दर्ता वा दर्ता नवीकरण नगरी चिकित्सकीय अभ्यास नगर्न तथा नगराउन जानकारी गराएको छ । मेडिकल काउन्सिलले सूचना जारी गर्दै...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    694 shares
    Share 278 Tweet 174
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    679 shares
    Share 303 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल
  • काठमाडौंका डेन्टल क्लिनिकमा म्याद गुज्रेका सामग्रीदेखि ‘नक्कली’ उपचारसम्म
  • दाङमा पहिलोपटक मुटुको`एन्जियोप्लाष्टि’ सेवा सुरु
  • विदेशी चिकित्सकले काउन्सिलमा बिना दर्ता सेवा दिन नपाउने
  • केमसानका अध्यक्ष हमाल उद्योग वाणिज्य महासंघको सदस्यमा तेस्रो पटक निर्वाचित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.