आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

सरकारको नीति तथा कार्यक्रम पारित भएको सात महिना बितिसक्दा पनि अधिकांश कार्यक्रम अलपत्र छन् ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 27, 2021
in News
A A
0
Ministry of Health and Population Nepal

Ministry of Health and Population Nepal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १५ फागुन २०७७

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रम समेटिए पनि अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि कार्यान्वयन कछुवाको गतिमा रहेको पाइएको छ ।

सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एवं स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्र्य गर्र्न प्रयोगशाला परीक्षण सेवासहितका ३ सय शैयाको केन्द्रीय र न्यूनतम ५० शयाको प्रदेशस्तरीय अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने सरकारको नीति तथा कार्यक्रम २०७७-७८ मा उल्लेख छ । तर, कार्यान्वयनका लागि सरकारले तीव्रता दिएको छैन ।

– एकीकृत छाता ऐन खोइ ?
– स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन अन्योलमै
– प्रमुख राजमार्गमा ट्रमा सेवा सकस
– स्थानीय तहका वडामा व्यामशाला अन्योल
– एकीकृत एम्बुलेन्स सेवा सञ्चालन अझै भएन

यस्तै, गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सरकारको योजनामा उल्लेख छ । तर, अहिलेसम्म गरिब परिचयपत्र कार्यक्रम पूर्ण रूपमा लागू हुन सकेको छैन ।
सरकारको नीति तथा कार्यक्रममा स्थानीय तहका वडामा व्यायमशाला, आरोग्य केन्द्र र योग केन्द्र्र स्थापना गर्न प्रोत्साहन गरिने भनिए पनि सबै स्थानीय तहमा अझै ती कार्यक्रम लागू हुन सकेका छैनन् ।

नेपालभरको जुनसुकै स्थानबाट ३ अंकको टेलिफोन नम्बरमा सम्पर्क गरी नागरिकले सहज र सरल रूपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । तर, अहिलेसम्म एकीकृत एम्बुलेन्स सेवा सञ्चालनमा आउन सकेको छैन । प्रमुख राजमार्गमा ट्रमा सेवाको विस्तार गरिने भनिए पनि सो विषय सरकारको नीति तथा कार्यक्रममा मात्रै सीमित भएको छ ।

सबै मेडिकल कलेजले जिल्लामा एक अस्पतालमा शल्यचिकित्सासहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्य संस्थाले महिनाको एक दिन स्याटेलाइट क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउन्सिल, अनुसन्धान केन्द्र र अस्पताललाई थप मितव्ययी, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गरिने उल्लेख छ । तर, एकीकृत ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमित गठन गरे पनि कहिले ऐन आउने भन्नेमा अन्योल कायम छ ।

रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिने, औषधि, औजार तथा उपकरणसमेतको गुणस्तर मापन तथा नियमन गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको स्थापना गरिने उल्लेख छ ।

यस्तै, स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिने विषय पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार रोग नियन्त्रण केन्द्र र स्वास्थ्य संस्थान प्रत्यायन बोर्ड गठनसम्बन्धी कानुन प्रादेशिक रूपमा छलफल लगभग सकिएको छ । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय कार्यक्रमिक रूपमा समेटिए पनि कार्यान्वयन प्रभावकारी तवरबाट हुन सकेको छैन ।

dr.jageshor gautam
Dr.jageshor gautam

सरकारको नीति तथा कार्यक्रम पारित भएको सात महिना बितिसक्दा पनि अधिकांश कार्यक्रम अलपत्र छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आफूहरू लागिपरेको बताए । उनले भने, ‘अहिले स्वास्थ्यका पूर्वाधार निर्माणका काम भइरहेका छन् । केही प्रक्रियामै छन् ।’ उनले कार्यक्रम कार्यान्वयनका लागि ऐन ‘ड्राफ्ट’को काम भइरहेको बताए ।

(राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्)

Tags: #government of Nepal#Health and population ministry#kathmanduCorona Virus #Covid19Dr.jageshor gautamLaxman aryal
Nisarga hospital Dhangadhi
Previous Post

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

Next Post

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

Related articles

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
News

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

15 hours ago
930
नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

2 days ago
790
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

2 days ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

2 days ago
2.1k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

3 days ago
801
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

3 days ago
795
Next Post
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...