कोरोनाबाट मृत्यु भएको मान्छेबाट कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय #Covid19

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएर मृत्यु भएको व्यक्तिबाट कोरोना नसर्ने जनाएको छ। मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी गराएका हुन्।

कोरोना संक्रमण खोक्दा, हछिँयू गर्दा, बोल्दा निस्कने छिटाबाट सर्ने गर्दछ, डा. गौतमले भने,‘ संक्रमणबाट मृत्यु भएको मानिसबाट खोक्ने, हछिँयू गर्ने तथा श्वासप्रश्वास सम्बन्धि कुनै क्रियाकलाप नहुँने भएकोले संक्रमण सर्दैन।’

संक्रमण भएर मृत्युभएपछि जमिनमा खाल्टो खनि,जलाई वा अन्य तरिकाले आफ्नै रितिरिवाज अनुसार दाहसंस्कार गर्न सकिने डा. गौतमले बताए। शवबाट संक्रमण नसर्ने हुँदा सामान्य सावधानी अपनाएर शवको व्यवस्थापन गर्न सकिने उनले बताए।


हेर्नुहोस् कोरोना भाइरस अपडेट: Novel Coronavirus (COVID-19) Media Briefing 2077.03.20 #COVID-19


Next Post

Discussion about this post

ADVERTISEMENT