आज मिति : २०८२ भाद्र १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य मन्त्रालय भन्छ: प्रत्येक पालिकामा यो वर्षभित्र अस्पताल बन्ने

Nam Raj Bhatta by Nam Raj Bhatta
February 21, 2022
in News
A A
0
Health ministry

Health ministry

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०९ फागुन २०७८

स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ ।

सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको थियो । त्यसैअनुरूप पालिकाहरूमा पाँचदेखि १५ शैयाका आधारभूत अस्पताल निर्माण भइरहेका हुन् । यस वर्ष सरकारले थप २५९ वटा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढाएको छ ।

गत वर्ष सुरु गरिएका ३९६ वटामध्ये स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म २५५ पालिकाको प्रतिवेदन प्राप्त भएकोमा विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार भएको २३१ वटा मन्त्रालय र पालिकाबीच बोलपत्र भई सम्झौता भएका १८४ वटा, सम्झौता भएका पालिकालाई मन्त्रालयले रकम निकासा नै गरेको पालिकाको सङ्ख्या १५० वटा रहेका छन् ।

त्यस्तै, १५० वटामध्ये ४१ वटा आधारभूत अस्पतालाई मन्त्रालयले दोस्रो किस्ताको रकम प्रदान गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, यस वर्ष निर्माण गर्ने थप २५९ वटा अस्पतालमध्ये १३३ वटा पालिकाको अस्पताल निर्माण प्रक्रियामा छन् ।

जसमध्ये डीपीआरको प्रक्रियामा ७३, डीपीआर तयार भई सुझाव दिएका ३६ र बजेट निकासा नै भएका पालिकाका ३१ रहेको उक्त मन्त्रालयका उपसचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले आधारभूत अस्पताल निर्माण गर्न सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय, उक्त पालिका रहेको जिल्ला समन्वय समितिको सिफारिस, जग्गाको सुनिश्चितता, स्तरोन्नति गरी आधारभूत अस्पताल निर्माण गर्ने स्वास्थ्यचौकीको हालको अवस्था र डीपीआरको पुनरावलोकन गराई निवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

कुल ७५३ वटा स्थानीय तहमध्ये ६५५ वटा पालिकाको आधारभूत अस्पतालको भवन निर्माण प्रक्रियामा छन् । ७५३ मध्ये ७७ जिल्लाका आ–आफ्नै जिल्ला अस्पताल छन् । यस आधारमा अब २१ वटा स्थानीय तहमा मात्र पालिकास्तरीय आधारभूत अस्पताल निर्माण गर्नुपर्नेछ । २१ वटामध्ये पनि कतिपयका आफ्नै सामुदायिक अस्पताल रहेकाले आधारभूत अस्पताल निर्माणका लागि माग नगरिएको हुन सक्ने मन्त्रालयले जनाएको छ ।

सरकारले १५ शैयासम्मका आधारभूत अस्पताललाई १८ करोड छ लाख ८२ हजार, १० शैयाका लागि १० करोड ८३ लाख ३६ हजार र पाँच शैयाका लागि सात करोड ११ लाख ९८ हजार रुपियाँ प्रदान गरेको छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

माइग्रेन टाउकोको दुखाइ #Migraine

Next Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. बिकास लामिछाने नियुक्त

Related articles

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै
News

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै

1 day ago
786
नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन
News

नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

2 days ago
788
मुटु रोग उपचारका लागि राप्ती प्रतिष्ठान र गंगालाल अस्पातलबीच सहकार्य
News

मुटु रोग उपचारका लागि राप्ती प्रतिष्ठान र गंगालाल अस्पातलबीच सहकार्य

2 days ago
790
त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको सातौं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न
News

त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको सातौं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न

3 days ago
889
गृहमन्त्री लेखक चिकित्सकहरूको टोली लिएर हैजा प्रभावित क्षेत्रमा
News

गृहमन्त्री लेखक चिकित्सकहरूको टोली लिएर हैजा प्रभावित क्षेत्रमा

3 days ago
789
नेपाल दन्त सामग्री वितरक संघको अध्यक्षमा सुनिल बराईली चयन
News

नेपाल दन्त सामग्री वितरक संघको अध्यक्षमा सुनिल बराईली चयन

3 days ago
835
Next Post
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. बिकास लामिछाने नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. बिकास लामिछाने नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,225)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.