Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
SAVED POSTS
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma
कोरोनाको १० अर्ब सरकारी खर्चमा अनियमितता, अख्तियारले थाल्यो छानबिन ! #Covid19

कोरोनाको १० अर्ब सरकारी खर्चमा अनियमितता, अख्तियारले थाल्यो छानबिन ! #Covid19

HNN Staff by HNN Staff
२०७७ जेष्ठ २२, बिहीबार ०७:४४
in Disease, News
0
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं , २२ जेठ

सरकारले हालसम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि करीब १० अर्ब रुपैयाँ खर्च भएको जनाएको छ ।

कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण, जोखिम भत्ता र राहत वितरणमा कम्तिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण उच्चस्तरीय समन्वय समितिले सार्वजनिक गरेको छ ।

उच्चस्तरीय समितिका प्रवक्तासमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका हुन् । जसमध्ये करीब डेढ अर्ब राहत वितरणमा मात्र खर्च भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणअनुसार १२ लाख परिवारलाई राहत वितरण गरेको विवरण स्थानीय तहले पठाएका छन् ।

स्थानीय तहबाट भएको खर्चको विवरण प्राप्त नभएकाले खर्च भएको रकम अझै धेरै हुन सक्ने बिडारी बताउँछन् । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरूबाट १ अर्ब ८ करोड र स्थानीय तहहरूबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए । अझै स्थानीय तहहरूले गरेको खर्चको पूर्ण विवरण नआएकाले खर्च रकम केही थप हुन सक्ने उनको भनाइ छ ।

१० अर्बमध्ये धेरैजसो स्वास्थ्य सामग्री खरिदमा खर्च भएको छ । सरकारले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सार्वजनिक भइसकेको छ । जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।

राहत वितरणमा पनि विभिन्न स्थानीय तहमा कुहिएको चामल तथा दाल वितरण गरेकामा छानबिन भइरहेको छ । यसका लागि सरकारले स्थापना गरेको कोषमा भने २ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ मात्र जम्मा भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

कोरोना भाइरस संक्रमितको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको अस्पताल बसाइ ७ दिनदेखि ३७ दिनसम्म छ । तर संक्रमितको औसत अस्पताल बसाइ २० दिन मात्रै छ ।

औसत अस्पताल बसाइमा प्रतिव्यक्ति कति खर्च हुन्छ भन्ने चासोको विषय बनेको छ । प्रदेश २ अन्तर्गत पर्ने नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार संक्रमितको प्रतिव्यक्ति खर्च दैनिक औसतमा २२ सय रुपैयाँ छ ।

प्रत्येक दिन खाना, अस्पताल बेड शुल्क, औषधिजन्य वस्तु, आईसीयू र भेन्टिलेटर आवश्यक परेमा प्रतिदिन २२ सय रुपैयाँ खर्च हुन्छ । उपाध्यायका अनुसार कोरोना संक्रमितको उपचारमा प्रतिव्यक्ति निको हुँदासम्म ४४ हजार रुपैयाँ खर्च हुने गरेको छ । अहिलेसम्म सरकारी अस्पतालमा मात्रै संक्रमितको उपचार हुँदै आएको छ ।

निजी अस्पताललाई कोरोना संक्रमितको उपचार अनुमति दिइएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सरकारी अस्पताल भरिएपछि मात्रै निजी अस्पताल र मेडिकल कलेजमा संक्रमितको उपचार गरिने छ ।

यस अवधिमा २ सय ७८ जनाले उपचार सेवा लिएर घर गएका छन् । २ हजार ३१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको सरकारी तथ्यांक छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत थप १ कोरोना संक्रमितको बुधवार मृत्यु भएको हो । दोलखा घर भएका ७६ वर्षीय पुरुष अस्पतालको आईसीयूमा उपचाररत थिए ।

नेपालमा बुधवार मात्रै २०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये १७९ जना पुरुष र २२ जना महिला छन् । योसँगै कुल संक्रमितको संख्या २ हजार ३०० पुगेको छ । हालसम्म ६४ जिल्लामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको पीसीआरबाट नमूना परीक्षण भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । नेपालमा हालसम्म ८० हजार २६७ जनाको पीसीआर र १ लाख २० हजार ३७९ जनाको आरडीटी परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए । मुलुकभर १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा छन् ।

Tags: #Commission for the Investigation of Abuse of Authority#Health and population ministryCorona Virus #Covid19
SummarizeShare234ScanTweet146
HNN Staff

HNN Staff

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
२०७७ जेष्ठ २२, बिहीबार ०७:४४
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
२०७७ जेष्ठ २२, बिहीबार ०७:४४
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
२०७७ जेष्ठ २२, बिहीबार ०७:४४
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
२०७७ जेष्ठ २२, बिहीबार ०७:४४
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

Next Post
चिकित्सकले रगत दिएर बचाए बिरामीको ज्यान #Covid19

चिकित्सकले रगत दिएर बचाए बिरामीको ज्यान #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.