काठमाडौं,२० कार्तिक २०७७
नेपाल सरकारले स्वास्थ्य वीमा बोर्डको कार्यकारी निर्देशक पदमा सुदर्शन पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई चार बर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी लोक सेवा आयोगले सिफारिस गरेमध्येका तेस्रो नम्बरका व्यक्ति हुन् । आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई बुझाएको तीन जनामा पहिलो नम्बरमा डा.दामोदर बसौला र दोस्रोमा डा. कृष्णप्रसाद अधिकारीको नाम थियो ।