काठमाडौं, ७ बैशाख २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।
उपकुलपति रिक्त रहेका चार प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी रेक्टर र डिनलाई तोकिएको हो । गत ४ बैशाखमा उनीहरुलाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नियुक्त गरेका हुन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिमा रेक्टर डा. पवन शर्मा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. डबलबहादुर धामी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. सञ्जीव शर्मा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डिन डा. श्रीकृष्ण श्रेष्ठले पाएका छन् ।
जिम्मेवारी तोकिए सङ्गै आइतबार पत्र पाएका छन्। चार वटै प्रतिष्ठानमा गत चैत्र २३ गते उपकुलपतिहरुको चार वर्षे कार्यकाल सकिएको थियो।