Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण १३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

बैंगलोरको एचसीजी अस्पतालले क्यान्सर नियन्त्रणका लागि नेपालसँग सहकार्य गर्ने

Nam Raj Bhatta by Nam Raj Bhatta
May 6, 2024
in News
A A
0
बैंगलोरको एचसीजी अस्पतालले क्यान्सर नियन्त्रणका लागि नेपालसँग सहकार्य गर्ने
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं,२४ बैशाख २०८१

बैंगलोरको एचसीजी क्यान्सर अस्पतालले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्शन नेपाल र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोलसँग सहकार्य गर्ने भएको छ ।

यूआईसीसीका क्यान्सर रोग विशेषज्ञ (अन्कोलोजिस्ट) को सहयोगमा सहकार्य गर्न लागिएको हो ।

एचसीजीद्वारा शनिबार नेपालमा आयोजित कार्यक्रममा यस सहकार्यले नेपालमा विश्वस्तरीय क्यान्सर उपचार, रोकथाम, पुनःस्थापना, हेरचाहमा पहुँच सुधार गर्न मद्दत गर्ने अस्पतालका टाउको र घाँटी शल्यक्रिया विभागीय प्रमुख डा. विशाल रावले बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका स्वास्थ्य सल्लाहकार समूहमा समेत रहेका उनले नेपालमा क्यान्सर नियन्त्रणका लागि आफ्नो तर्फबाट सहयोग गर्न तयार भएर सरकारसमक्ष समेत प्रस्ताव गरेको डा. रावले बताएका छन्।

यो सहकार्यसँगै सेवा बिस्तारको दायराले नेपालभर निःशुल्क क्यान्सर जाँच शिविर, नियमित रूपमा वैज्ञानिक सेमिनार र चिकित्सा शिक्षा सञ्चालन, नेपालका चिकित्सकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गर्न सहयोग मिल्नेछ ।

देशमा अत्याधुनिक क्यान्सर शल्यक्रिया सेवासहित क्यान्सर रोगीका लागि प्रारम्भिक निदान र उपचार प्रोटोकल प्रदान गर्नेछ । सो अवसरमा डा. रावले नेपाल मेडिकल काउन्सिलसँग प्रारम्भिक क्यान्सर हेरचाह, अनुसन्धान र बिरामी केन्द्रित विशेषज्ञताको सहयोग निरन्तर प्रदान गरिने जानकारी दिनुभयो।

नेपाल सरकारले एचसीजीका सर्जनलाई नेपालभरका विभिन्न अस्पतालमा अत्याधुनिक शल्यक्रिया गर्न अनुमति दिएकाले प्रोत्साहन प्राप्त भएको उनले खुशी व्यक्त गरे। डा. रावले अहिलेको अवस्थामा सुधार नल्याए आगामी दश वर्षमा प्रत्येक दशमध्ये एक क्यान्सरपीडित हुनसक्ने उल्लेख गर्नुभयो।

त्यसका लागि सूर्तिजन्य र मादक पदार्थ सेवनको परिणाम देखिने गरी घटाउन पर्ने आवश्यकतामा उनले जोड दिए । उहाँले तरकारी तथा फलफूलमा पछिल्लो समयदेखिको अत्यधिक विषाधि प्रयोगले पनि क्यान्सरको जोखिम बढिरहेको बताउनुभयो । तमाखु, गुड्का, विडी, खैनीले मुखको क्यान्सलाई हात्तै बढाउने उहाँको भनाइ छ ।

उक्त सहकार्यबाट नेपालका क्यान्सरपीडित नागरिकका लागि अन्तर्राष्ट्रियस्तरीय क्यान्सरको रोगसम्बन्धी उपचार सेवा पहुँचयोग्य बनाउन अवसर प्राप्त हुनेछ।

क्यान्सरको पहिचान गरी प्रारम्भिक चरणमै उपचार गर्नाले जीवन परिवर्तन गर्न सक्ने विषयको प्रचारप्रसार तथा जटिल केसमा थप अनुसन्धान गर्न नेतृत्व गर्न समेत सहकार्यबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्पतालका विशेषज्ञ सल्लाहकार डा. लोहित रेड्डीले सहकार्यले नेपाल र भारतका क्यान्सरका बिरामीको उपचार र खोज अनुसन्धानमा सुनौलो अवसर प्रदान गरेको बताए ।

डा. लोहितले भने, ‘क्यान्सर आफैमा एक रहस्यमय रोग हो, जुन विभिन्न व्यक्तिमा फरक रूपमा देखापर्छ । हेरचाह प्रक्रियामा निरन्तर अनुसन्धान र उपचार पद्धति चलिरहन्छ।’

एचसीजी क्यान्सर अस्पतालले स्थापनादेखि नै उपचारमा परिणाम देखिने गरी काम गर्दै आएको छ। त्यसबाट बिरामीलाई दीर्घजीवन र खुशी जीवन प्राप्त गर्न मद्दत गरेको छ। अस्पताल सबै क्यान्सरको निदान र उपचारका लागि विश्वको नवीनतम प्रविधिले सुसज्जित रहेको निर्देशक डा. रावले बताए।

एक्सन नेपाल सन् २०१३ मा नेपालमा सुर्ती नियन्त्रणको अभियानलाई अगाडि बढाउने प्राथमिक लक्ष्यका साथ स्थापना भएको गैरसरकारी संस्था हो । एक्सन उक्त संस्थाले विद्यमान सुर्ती नियन्त्रण कानूनको प्रभावकारी कार्यान्वयन र कार्यान्वयन, प्याकेजिङ नीतिको परिचय र पारित, सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत करको वकालत, धुमपानरहित कानूनको पालना, प्रतिबन्ध र बिक्री प्रतिबन्धलगाउन कार्यमा सहयोग पुर्‍याउँदै आइरहेको छ।

Tags: CancerDr. Bishal Rao
Nisarga hospital Dhangadhi
Previous Post

कटारी अस्पताललाई स्तरोन्नति गरी ५० बेड क्षमताको बनाउने

Next Post

जुम्लामा पहिलोपटक मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र जारी

Related articles

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. उज्ज्वल चालिसे नियुक्त
News

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त

4 hours ago
788
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणमा एक महिना मै ३० जनाको मिर्गौला प्रत्यारोपण
News

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणमा एक महिना मै ३० जनाको मिर्गौला प्रत्यारोपण

9 hours ago
779
वीर अस्पताल १३६ वर्षमा प्रवेश: सेवा, बिस्तार र प्रविधिमा ऐतिहासिक उपलब्धि
News

वीर अस्पताल १३६ वर्षमा प्रवेश: सेवा, बिस्तार र प्रविधिमा ऐतिहासिक उपलब्धि

20 hours ago
828
काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५०० जरिवाना
News

काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५०० जरिवाना

1 day ago
784
डा. मिश्रलाई सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको जिम्मेवारी
News

डा. मिश्रलाई सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको जिम्मेवारी

3 days ago
1.1k
चौतारा अस्पताल र शुक्रराज अस्पताल बीच स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने सहमति
News

चौतारा अस्पताल र शुक्रराज अस्पताल बीच स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने सहमति

4 days ago
799
Next Post
जुम्लामा पहिलोपटक मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र जारी

जुम्लामा पहिलोपटक मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,164)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.