कैलाली, २४ माघ २०७८
कैलालीको धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले कपाल प्रत्यारोपण सेवा सुरु गरेको छ ।
माघ २२ गते बाट कपाल प्रत्यारोपण सेवा सुरु भएको अस्पतालका छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डा. सुमित पाण्डेले जानकारी दिनुभयो।
छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ तथा कपाल प्रत्यारोपण सर्जन डा. विपिन भट्टचनको नेतृत्वमा सहप्राध्यापक डा. सुमित पाण्डे लगायतको टिमले कपाल प्रत्यारोपण सेवा सुचारु गरेको अस्पतालले जनाएको छ ।
कपाल ट्रान्सप्लान्टमा विशेष अफरमा कपाल झर्ने उपचार, कपाल प्रत्यारोपण, दाह्री र जुँगा प्रत्यारोपण, भौं प्रत्यारोपण, PRP (प्लेटलेट रिच प्लाज्मा) , SMP (Scalp Micropigmentation), LLLT (निम्न स्तर लेजर थेरापी) मेसोथेरापी गरीने जनाइएको छ। सुरुमा नाम दर्ता गर्न आउने ५ जनालाई बिशेष छुट ब्यवस्था गरिएको जनाइएको छ ।














