काठमाडौं,६ मंसिर २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्नको लागि एक सय देखि ३ सय बेडका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव लगेको छ ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले बुधबार स्वास्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै देशमा स्वास्थ्यकर्मीको अभाव पुर्ती गर्नको लागि मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गरेर यस्तो प्रस्ताव लगेको बताए ।
त्यस्तैगरि मन्त्री बस्नेतले ३ सय बेड माथिका अस्पताललाई पारामेडिक्स र नर्स सहित एमबीबीएस पढाउन समेत प्रस्ताव लगेको बताए ।
उनले यो प्रस्ताव चिकित्सा शिक्षा आयोग र मन्त्रिपरिषदमा छलफल भइसकेको र त्यहाँबाट सकारात्मक जवाफ आएको बताए । चिकित्सा शिक्षा ऐनमा भएको त्रुटि सच्याउन सरकारले यस्तो निर्णय गरेको उनको भनाइ छ । ‘चिकित्सा शिक्षामा यो क्रान्तिकारी निर्णय हो, यो निर्णयसँगै अब देशमा स्वास्थ्यका विषय पढ्न समस्या हुनेछैन’ उनले भने ।
मन्त्री बस्नेतले मन्त्रालयको प्रस्ताव कार्यन्वयन भए विदेश पढ्न जाने अवस्था अन्त्य हुने बताए । नेपालबाट मेडिकल पढ्न बर्सेनि अर्बौ रकम विदेसिन्छ यो निर्णय कार्यन्वयन भएमा मेडिकल पढ्न जाने अवस्था अन्त्य हुने पनि बस्नेतले बताउनुभयो।